११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण

किसानका दु:ख -खर्कमा लैजाँदा चितुवाले सताउँछ, गोठमा कुर्दाकुर्दै मार्दिन्छ !

किसानका दु:ख -खर्कमा लैजाँदा चितुवाले सताउँछ, गोठमा कुर्दाकुर्दै  मार्दिन्छ !
अ अ+ अ-

मनाङ । हिमाली जिल्ला मनाङका बासिन्दाको मुख्य व्यवसाय कृषि, पशुपालन र पर्यटन हो । पर्यटक आमगन वृद्धि भएसँगै पर्यटन व्यवसायको सुरुआत भएको हो भने कृषि र पशुपालन यहाँको परम्परागत व्यवसाय हुन् ।

यहाँका स्थानीय बिस्तारै पशुपालनबाट विमुख हुने अवस्थामा छन् । घाँसको अभावले गर्दा यहाँका बासिन्दा व्यवसाय फेर्न थालेका छन् । विदेशिने क्रम बढ्नाका साथै परम्परागत व्यवसायबाट लाभ कम हुन थालेसँगै व्यवसाय परिवर्तनको अवस्थामा यहाँका बासिन्दा छन् ।

पहिलेभन्दा हिमपातमा कमी आउँदा पशुपालक किसान मारमा परेका छन् । हिमपात परेको खण्डमा यहाँ याकचौँरीका लागि घाँस पलाउने गर्दछन् । हिमपात कम हुन थालेपछि भने घाँसको कमी हुँदै गएको मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका ६० वर्षीय पशुपालक किसान याङ्चु खण्डा लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले पहिले हिउँदका लागि वस्तुभाउलाई खुवाउन घाँस सुकाएर राखिन्थ्यो, अहिले घाँस नै कम पाइन्छ, पानीको अभावले घाँस नै हुन छाड्दै गएको छ, पहिले समयमा हिउँ पथ्र्यो र घाँस पनि समयमा नै पलाउथ्यो, अहिले घाँस पलाउनै छाड्यो, पहिलेको जस्तो घाँस नै आउँदैन ।”

पशु पाल्न र कृषिमा लाग्न पानी नै मुख्य आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले त खर्क पनि झन् माथि सरेको जस्तो पो लाग्छ, घाँस खोज्दै वस्तुमाथि माथि जान्छन्, हामी पछि लागिरहन्छौँ ।” जतिमाथि गयो उति नै हिउँ चितुवाको डर पनि बढ्दै जाने गरेको उहाँले बताउनुभयो । आहाराको अभावले हिउँ चितुवाले अहिले घरपालुवा पशुलाई आक्रमण गर्ने क्रम बढ्दै गएको छ ।

त्यस्तै पशुपालक किसान सोनाम लामाले माथि खर्कमा लैजाँदा चितुवाको जोखिम बढ्दै जाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “माथि , कैयौँ दिन त नसुतीकनै गोठ कुरिन्छ, तर पनि हुँदैन ।”

चितुवाको आक्रमण बढेको सुनाउँदै उहाँले भन्नुभयो, “चितुवा बढेको हो कि आहारा कम भएको बुझ्नै सकिएको छैन, घाँसको कमी उस्तै छ, हिउँ चितुवाले पनि सताउने क्रम बढेको छ, बाच्छाबाच्छीलाई सुरक्षित राख्ने भनेर खोरमा राखिन्छ, तर कहिलेकहीँ त माउलाई नै मार्दिन्छ, बच्चा हुर्काउनै मुस्किल हुन्छ ।”

मनाङ ङिस्याङ–१ पिसाङका ७० वर्षीय याङदुङ गुरुङले घाँस कम हुने, गोठाला नपाउने र हिउँ चितुवाको आक्रमण बढ्दै जाँदा पुशपालन घट्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले सयौँ याकचौँरी, भेडा, घोडा पाल्दै आए पनि अहिले घटाउँदै लगेको छु, गोठाला पाउनै मुस्किल छ, घाँस घटेको छ ।” गोठ माथि खर्क लैजाने बेलामा पशुचौपाया हेर्न गोठाला बिना नहुने अवस्था रहेको उहाँले सुनाउनुभयो ।

चितुवाको आक्रमणले पशुचौपाय मार्ने र घाइते बनाइदिने भएपछि गोठाला बिना पशु पाल्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हिउँ कम पर्छ, हिउँ नपरेपछि केको घाँस पलाउनु पानी नै हुँदैन, पानी र घाँसको अभावले वस्तु पाल्न पनि कम गर्नुपर्ने बाध्यता आउन थालेको छ ।”

बिस्तारै हिमाली जिल्लामा नै हिउँ कम पर्न थालेको पाइन्छ । हिउँ कम पर्दै जाँदा कृषि र पशुपालनमा लागेका किसान मारमा पर्ने गरेका छन् । रासस