५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी परियोजनालाई भूराजनीतिक बिषय बनाईयो: दलका नेताहरु



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्तारुढ गठबन्धनका नेताहरुले एमसीसी परियोजनालाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताउनुभएको छ । बुधबार राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहसमा बोल्दै उपमहासचिव ज्ञवालीले सत्ता गठबन्धनका नेताहरुले एमसीसीलाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताउनुभएको हो । सत्तामा रहेका नेताहरुले एमसीसीमार्फत् भूराजनीतिक द्वन्द निम्त्याइरहेको उहाँले आरोप लगाउनुभयो ।

एमसीसी एउटा विकास परियोजना मात्रै भएको उहाँले उल्लेख गर्नुभयो । उपमहासचिव ज्ञवालीले एमसीसीलाई संसदमा ल्याएर सांसदहरुलाई स्वविवेकले निर्णय गर्न दिनुपर्ने पक्षमा एमाले रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘सत्तामा रहेका नेताहरु जानि जानि भूराजनीतिक द्वन्द निम्त्याउँदै हुनुहुन्छ । एमसीसी परियोजना एउटा विकास परियोजना हो । त्यसलाई लिने कि नलिने नेपालको सार्वभौम संसदको, नेपालको राजनीतिक दलहरुको स्वेच्छिक रोजाईको विषय हो । तर त्यो विषयलाई लिएर हामी सुनिरहेका छौँ भर्चुअल मिटिङहरु भइरहेका छन् ।

विदेशीको एडभाइस लिनेखालका कुराहरु भइराखेका छन् । एउटा विकास परियोजनालाई जानिजानि भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाउने काममा सत्ता गठबन्धनकै नेताहरु लागिरहनुभएको छ । सरकार क्लियर होस् । हाम्रो प्रष्ट मान्यता छ, यो विषय संसदमा आउनुपर्छ । र सार्वभौमसत्ता सम्पन्न सांसदहरुले यस विषयमा आफ्नो स्वविवेकले निर्णय गर्न पाउनुपर्छ । संसदमा आउन नदिने, बन्द कोठामा, बन्द इजलाशमा तथाकथित गठबन्धका कार्यदलहरुको त्यो अध्याँरो घेराभित्र राखेर यसलाई गिजोल्न पाइदैन ।’

उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताउनुभयो । स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने पनि उहाँले स्पष्ट पार्नुभयो । एमालेले गरेको कामको आधारमा निर्वाचनमा जानका लागि कसैको बैशाखी टेक्नुपर्ने अवस्था नरहेको उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो – ‘स्थानीय तहको निर्वाचन समयमा हुनुपर्छ । कुनै बाहानाबाजि स्वीकार्य छैन । र नेकपा(एमाले) यसमा एक्लै लड्छ । हामीलाई चुनाव सामना गर्नका लागि अरु कसैको साहारा लिनुपर्ने, अरु कसैको बैशाखी टेक्नुपर्ने जरुरी छैन । हाम्रा लागि हामीले गरेका कामहरु र हामीलाई काम गर्दै जाँदा जहाँ जहाँ बाटो छेक्ने प्रयत्न भयो, ति तथ्यहरु नै जनताका मन जित्नकालागि पर्याप्त छन् । नेकपा एमाले चुनाव एक्लै लड्छ ।’

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले एमालेले निरन्तर संसद अवरोध गरिरहनु बेठिक भएको धारणा राख्नुभयो । सभामुखको भूमिका चित्त नबुझेमा हटाउने कानूनी व्यवस्था संविधानले दिएको भएपनि एमालेले त्यसो गर्न नसकेको उहाँले बताउनुभयो । संसदको गतिरोध अन्त्य गरेर निकास दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘तपाईहरुले संसद बन्द गरेर संविधानलाई तागत दिइरहनुभएको छैन । तपाईहरुलाई सभामुखको भुमिका चित्त बुझेन भने सभामुख बेठिक छन्, यिनलाई हटाइ पाऊँ भनि लेख्ने त व्यवस्था छ नि त संविधानले दिएको । त्यो व्यवस्थामा जानुभए हुन्थ्यो नि त । जानुभएन अहिलेसम्म । त्यो व्यवस्थामा तपाईहरुसँग मत नपुग्ला तर लोकतन्त्र भनेको जित, हार दुईवटै हुन्छ नि त । जित्दा मात्र मान्छु हार्दा मान्दिनँ भन्न पाइदैनँ नि त । निकास खोज्नुपर्ला नि त ।’

नेता रिजालले वर्तमान सत्ता गठबन्धन सँग जिवनभर मिलेर चुनाव लड्छौँ भनेर कागजपत्र नगरेको बताउनुभयो । उहाँले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी संविधान ट्रयाक बाहिर गएको भन्दै संविधानलाई ट्रयाकमा ल्याउनका लागि मात्रै गठबन्धन गरिएको बताउनुभयो ।