१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीमा संलग्न दुई जना पक्राउ



symbolic picture
अ+ अ-

काठमाडौँ । प्रहरीले चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

ललितपुर ग्वार्को बस्ने सुमित्रा तामाङको डेराबाट नगद, गरगहना तथा महत्वपूर्ण कागजपत्र चोरी भएको आरोपमा प्रहरीले भक्तपुर ठिमि घर भएका ४२ बर्षका भुवन श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठलाई बाफलबाट चोरी भएका बिभिन्न सामानहरु सहित पक्राउ गरीएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीसहित चोरीको बिगो लिनेखाने तथा मास्ने कार्यमा संलग्न चितवन घरभई बाफलमा सुनचाँदीको पसल गरी बस्ने बर्ष अन्दाजी ५६ वर्षीय राजकुमार बिश्वकर्मालाई समेत पक्राउ गरिएको छ ।

उनीहरुलाई आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी परिसर ललितपुर पठाईएको छ।