११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण

जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा भयो: माओवादी

जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा भयो: माओवादी
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पार्टीको जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा गरेको दाबी गरेको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका प्रवक्ता अग्नि सापकोटाले यस्तो बताउनुभएको हो ।

उहाँले जनतसँग विशेष रुपान्तरण अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गर्नुभयो । उहाँले अभियानले टोल कमिटीदेखि समिति गठन, पुन:गठन गरेको बताउनु भयो । उहाँले कार्यकर्ताहरुमा जागृति ल्याएको, जनतामा आशा पलाएको र अभियानले चुनावको बेलामा मात्रै नभइ माओवादी अरु बेलामा पनि आउँदा रहेछन् भन्ने आशा पलाएको जिकिर गर्नुभयो । उहाँले अभियानले पुराना नेताहरु पार्टीमा फर्किएको र पार्टीमा प्रवेश गर्नेहरुको संख्यामा वृद्धि हुँदै जान उल्लेखनिय भुमिका खेलेको बताउनु भयो । उहाँले पार्टीमा नयाँ आशा र उत्साह पैदा भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनतसँग विशेष रुपान्तरण अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको छ । त्यो टोल कमिटीदेखि समिति गठन, पुन:गठन भएको छ । तिनीहरु सक्रिय भएका छन्, तिनीहरु चलायमान भएको छ । कार्यकर्ताहरुमा जागृति आएको छ । जनतामा आशा पलाएको छ । यो अभियानले चुनावको बेलामा मात्रै होइन, माओवादी अरु बेलामा पनि आउँदा रहेछन्, आए भन्ने खालको जनतामा आशाका झिल्का पैदा भएको छ । बनेका ठाउँका संगठनहरु सक्रिय थिएनन्, तिनीहरु अहिले सक्रिय भएका छन्, सुदृढ भएका छन् । नबनेका ठाउँमा संगठन बनेको छ । पहिला छिटपुट निष्क्रिय भएर बस्ने, कतिपय सन्दर्भमा पार्टीबाट पलायन हुने जस्ता घटना भए भने अहिले पार्टीमा पलायन हुने कुराको अन्त्य भयो । पुराना कार्यकताहरु पनि जोडिएका छन् । अलि उल्लेखनीय संख्यामा पनि पार्टी प्रवेश कार्यक्रम भएको छ । पार्टीमा एउटा नयाँ आशा र उत्साह पैदा भएको छ । जनता हामीतिर फर्किएका छन् । जनताका आलोचना र गुनासा छन् तर जनताले यिनलाई निरन्तरता दिनुपर्छ भनेर माग गरेका छन् । नविकरणको प्रक्रिया तिब्रताका साथ अघि बढेको छ ।’

प्रवक्ता सापकोटाले अभियानले सदस्यता नविकरण तिब्रताका साथ अघि बढाउन भुमिका खेलेको बताउनु भयो ।