• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा भयो: माओवादी



काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पार्टीको जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा गरेको दाबी गरेको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका प्रवक्ता अग्नि सापकोटाले यस्तो बताउनुभएको हो ।

उहाँले जनतसँग विशेष रुपान्तरण अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गर्नुभयो । उहाँले अभियानले टोल कमिटीदेखि समिति गठन, पुन:गठन गरेको बताउनु भयो । उहाँले कार्यकर्ताहरुमा जागृति ल्याएको, जनतामा आशा पलाएको र अभियानले चुनावको बेलामा मात्रै नभइ माओवादी अरु बेलामा पनि आउँदा रहेछन् भन्ने आशा पलाएको जिकिर गर्नुभयो । उहाँले अभियानले पुराना नेताहरु पार्टीमा फर्किएको र पार्टीमा प्रवेश गर्नेहरुको संख्यामा वृद्धि हुँदै जान उल्लेखनिय भुमिका खेलेको बताउनु भयो । उहाँले पार्टीमा नयाँ आशा र उत्साह पैदा भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनतसँग विशेष रुपान्तरण अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको छ । त्यो टोल कमिटीदेखि समिति गठन, पुन:गठन भएको छ । तिनीहरु सक्रिय भएका छन्, तिनीहरु चलायमान भएको छ । कार्यकर्ताहरुमा जागृति आएको छ । जनतामा आशा पलाएको छ । यो अभियानले चुनावको बेलामा मात्रै होइन, माओवादी अरु बेलामा पनि आउँदा रहेछन्, आए भन्ने खालको जनतामा आशाका झिल्का पैदा भएको छ । बनेका ठाउँका संगठनहरु सक्रिय थिएनन्, तिनीहरु अहिले सक्रिय भएका छन्, सुदृढ भएका छन् । नबनेका ठाउँमा संगठन बनेको छ । पहिला छिटपुट निष्क्रिय भएर बस्ने, कतिपय सन्दर्भमा पार्टीबाट पलायन हुने जस्ता घटना भए भने अहिले पार्टीमा पलायन हुने कुराको अन्त्य भयो । पुराना कार्यकताहरु पनि जोडिएका छन् । अलि उल्लेखनीय संख्यामा पनि पार्टी प्रवेश कार्यक्रम भएको छ । पार्टीमा एउटा नयाँ आशा र उत्साह पैदा भएको छ । जनता हामीतिर फर्किएका छन् । जनताका आलोचना र गुनासा छन् तर जनताले यिनलाई निरन्तरता दिनुपर्छ भनेर माग गरेका छन् । नविकरणको प्रक्रिया तिब्रताका साथ अघि बढेको छ ।’

प्रवक्ता सापकोटाले अभियानले सदस्यता नविकरण तिब्रताका साथ अघि बढाउन भुमिका खेलेको बताउनु भयो ।