२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईका ब्याट्सम्यानले गेल–रोहितले पनि गर्न नसक्ने काम गरे, छक्का प्रहार गरेर विश्व कीर्तिमान बनाए



अ+ अ-

एजेन्सी । अफगानिस्तान र युएईबीचको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा मोहम्मद वासिमले विश्व क्रिकेटमा अहिलेसम्म कुनै पनि ब्याट्सम्यानले गर्न नसकेको उपलब्धि हासिल गरेका छन् ।

युएईका कप्तानले शानदार ब्याटिङ गर्दै ३२ बलमा ५३ रनको शानदार इनिङ खेलेका थिए जसको आधारमा पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

अफगानिस्तानविरुद्धको दोस्रो टी–२० खेलमा मोहम्मद वासिमले आफ्नो ५३ रनको इनिङ्समा ४ चौका र तीन छक्का प्रहार गरेका थिए । यी तीन छक्कासँगै वसिमले सन् २०२३ मा छक्काको शतक पनि पूरा गरेका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा वासिम एक वर्षमा १०० छक्का प्रहार गर्ने विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् । वासिमअघि अहिलेसम्म कुनै पनि ब्याट्सम्यानले यो उपलब्धि हासिल गर्न सकेका छैनन् । वासिमले यो वर्ष १०१ छक्का प्रहार गरेका छन् ।