• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित

रोनाल्डोको २०१७ पछि एकै वर्षमा ५० बढी गोल, २०२३ मा सर्वाधिक गोलकर्ता



एजेन्सी । विश्वका उत्कृष्ट फुटबलरमध्येका एक क्रिस्टियानो रोनाल्डोले २०२३ मा ५४ गोल गरेका छन् । उनी यो वर्ष सर्वाधिक गोल गर्ने फुटबलरको सूचीमा शीर्ष स्थानमा रहे ।

२०२४ मा पनि उनको लक्ष्य यो उपलब्धि दोहोर्याउने छ । रोनाल्डोले साउदी प्रो लिगमा अल तावुन विरुद्ध गोल गर्दै अल नासरका लागि आफ्नो ५४ औं गोल पूरा गरे ।

उक्त खेल अल नासरले ४–१ ले जित्यो । अल नासरको यो लगातार चौथो जित हो । टोली १९ खेलमा १५ जितसहित ४६ अंकसहित लिगको दोस्रो स्थानमा छ । किंग अब्दुल्ला स्पोर्ट्स सिटी स्टेडियममा भएको खेलमा अल नासरका लागि मार्सेलो ब्रोजोभिकले २६ औं मिनेटमा, अमेरिक लापोर्टेले ३५ औं मिनेटमा, ओटाभियोले ५० औं मिनेटमा र रोनाल्डोले ९०+२ मिनेटमा गोल गरेका थिए ।

त्यसैगरी, अल तावुनका लागि एक मात्र गोल अशरफ अल महदिउईले १३ औं मिनेटमा गरेका थिए । रोनाल्डोले सन् २०१७ यता पहिलो पटक एक क्यालेन्डर वर्षमा ५० भन्दा बढी गोल गर्न सफल भएका छन् ।

३८ वर्षीय रोनाल्डो सन् २०२२ को डिसेम्बरमा साउदी अरब गएका थिए । उनी २०१६ पछि दोस्रो धेरै गोल गरेका हुन् । उक्त वर्ष उनले ५५ गोल गरे । त्यही वर्ष उनले पाँचौं पटक बालोन डी’ओर जिते । यो उनको करियरमा पाँचौं पटक हो कि उनी एक क्यालेन्डर वर्षमा विश्वको सर्वाधिक गोलकर्ता बनेका छन् ।

यसअघि उनी सन् २०११, २०१३, २०१४ र २०१५ मा पनि सर्वाधिक गोलकर्ता बनेका थिए । त्यस समय उनी रियल मड्रिडबाट खेल्दथे ।