५ भाद्र २०८३, शुक्रबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चबाट बदर कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको २०१७ पछि एकै वर्षमा ५० बढी गोल, २०२३ मा सर्वाधिक गोलकर्ता



अ+ अ-

एजेन्सी । विश्वका उत्कृष्ट फुटबलरमध्येका एक क्रिस्टियानो रोनाल्डोले २०२३ मा ५४ गोल गरेका छन् । उनी यो वर्ष सर्वाधिक गोल गर्ने फुटबलरको सूचीमा शीर्ष स्थानमा रहे ।

२०२४ मा पनि उनको लक्ष्य यो उपलब्धि दोहोर्याउने छ । रोनाल्डोले साउदी प्रो लिगमा अल तावुन विरुद्ध गोल गर्दै अल नासरका लागि आफ्नो ५४ औं गोल पूरा गरे ।

उक्त खेल अल नासरले ४–१ ले जित्यो । अल नासरको यो लगातार चौथो जित हो । टोली १९ खेलमा १५ जितसहित ४६ अंकसहित लिगको दोस्रो स्थानमा छ । किंग अब्दुल्ला स्पोर्ट्स सिटी स्टेडियममा भएको खेलमा अल नासरका लागि मार्सेलो ब्रोजोभिकले २६ औं मिनेटमा, अमेरिक लापोर्टेले ३५ औं मिनेटमा, ओटाभियोले ५० औं मिनेटमा र रोनाल्डोले ९०+२ मिनेटमा गोल गरेका थिए ।

त्यसैगरी, अल तावुनका लागि एक मात्र गोल अशरफ अल महदिउईले १३ औं मिनेटमा गरेका थिए । रोनाल्डोले सन् २०१७ यता पहिलो पटक एक क्यालेन्डर वर्षमा ५० भन्दा बढी गोल गर्न सफल भएका छन् ।

३८ वर्षीय रोनाल्डो सन् २०२२ को डिसेम्बरमा साउदी अरब गएका थिए । उनी २०१६ पछि दोस्रो धेरै गोल गरेका हुन् । उक्त वर्ष उनले ५५ गोल गरे । त्यही वर्ष उनले पाँचौं पटक बालोन डी’ओर जिते । यो उनको करियरमा पाँचौं पटक हो कि उनी एक क्यालेन्डर वर्षमा विश्वको सर्वाधिक गोलकर्ता बनेका छन् ।

यसअघि उनी सन् २०११, २०१३, २०१४ र २०१५ मा पनि सर्वाधिक गोलकर्ता बनेका थिए । त्यस समय उनी रियल मड्रिडबाट खेल्दथे ।