१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपकराज गिरीको झटारो – धेरै मन्त्रीहरू नभएको भए देशको अवस्था यस्तो हुने थिएन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । अभिनेता तथा निर्माता दीपकराज गिरी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । बेलाबखत उनले विभिन्न घटना एवं राजनीतिलाई लिएक प्रतिक्रिया जनाउँदै आएका छन् ।

यसैबीच उनले बालकुमारी घटनामा आइजिपीको प्रतिक्रियालाई लिएर कटाक्ष गरेका छन् । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बालकुमारीको बाटो हुँदै यात्रा गरेकाले दुई जनाको ज्यान जाने गरी घटना घटेको बताएका थिए ।

यसैलाई लिएर अभिनेता गिरीले सामाजिक सञ्जाल फेसबुकमा यति धेरै मन्त्रीहरू नभएको भए देशकै अवस्था यस्तो नहुने टिप्पणी गरेका छन् । उनले भनेका छन् – मन्त्री नभएको भए बालकुमारी घटना नै हुने थिएन रे !
सही हो.. यति धेरै मन्त्रीहरू नभाको भए देश कै अबस्था यस्तो हुने थिएन !!