२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री नगएको भए दुर्घटना हुँदैनथ्यो- आइजिपी कुँवर



अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बालकुमारीको बाटो हुँदै यात्रा गरेकैले दुई जनाको ज्यान जाने गरी घटना घटेको बताउनुभएको छ ।

मन्त्री उक्त मार्ग हुँदै यात्रा गर्दा प्रदर्शनकारी उग्र बनेको र दुई जनाको ज्यान जाने गरी घटना भएको भन्दै उहाँले बालकुमारीमा मन्त्रीको गाडी नगएको भए त्यो हदसम्मको घटना नहुने बताउनुभयो । राज्य व्यवस्था समितिको बैठकमा बालकुमारी घटनाबारे जानकारी महानिरीक्षक कुँवरले बालकुमारीमा गोली चलेको तर कतिबेला चलेको भन्ने एकिन नभएको बताउनुभयो ।

ईपीएस भाषा परीक्षार्थीहरुले गरेको प्रदर्शनमा पुस १३ गते बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो भने घटनामा दुई जना प्रदर्शनकारीको मृत्यु भएको थियो । मृतकमध्ये एक जनाको प्रहरीको गोलीबाट मृत्यु भएको थियो । अर्को एक जना मृतकको छातीमा बन्दुकको कुन्दाले हानेको जस्तो देखिने डाम थियो । “मन्त्रीको गाडी नआएको भए यस्तो घटना हुने थिएन, मन्त्रीलाई सुरक्षित राख्न बल प्रयोग गर्नुपरेको हो”, उक्त घटनाबारे संसदीय समितिलाई जानकारी गराउँदै महानिरीक्षक कुँवरले भन्नुभयो ।

उहाँका अनुसार तीन हजार युवा प्रदर्शनमा उत्रिएका थिए । उनीहरुसँगको झडपमा परी ८ जना प्रहरी घाइते भएको उहाँले जानकारी दिनुभयो । प्रहरीले रबरको गोली, हवाई फायर र अश्रुग्याँस प्रहार गरेको उहाँको भनाइ थियो । प्रदर्शन रोक्ने क्रममा साढे ११ बजे सामान्य बल प्रयोग भएको, ११ः५२ मा मन्त्री ज्वाला चढेको गाडी कोटेश्वरतर्फ जाँदै गर्दा बालकुमारीमा आइपुगेको र त्यो बेलामा पीएसओले फिल्डमा रहेका प्रहरीहरुसँग समन्वय नगरेको महानिरीक्षक कुँवरले बताउनुभयो ।

उहाँका अनुसार ११ः५४ मा हातपात हुने अवस्था आएपछि पिएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको र १२ बजे मन्त्रीको गाडीमा आगजनी भएको थियो ।