• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टुँडिखेल, तीनकुने र हाँडीगाउँमा काठमाडौँ महानगरपालिकाले ‘टि ट्वान्टी विश्वकप’ खेलको ‘नि:शुल्क प्रत्यक्ष प्रदर्शन’ गर्ने ★   टि -२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना ★   ‘विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ’ ★   लोकतन्त्रले थिचोमिचो स्वीकार्दैनः पूर्वराष्ट्रपति डा यादव ★   एमाले मकवानपुरको अध्यक्षमा पोखरेल ★   अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने ★   आयरल्याण्डविरुद्धको खेलअघि भारतका शीर्ष खेलाडीसँग रिसाए इरफान पठान ★   काठमाडौंका मेयर साहलाई काम गर्न दिनुपर्छ: काँग्रेस सांसद भण्डारी ★   सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट शुरु भयो भन्ने होइनः महेश बर्तौला ★   गिरिबन्धु टि स्टेटबारे ओलीको जवाफः बालेनलाई सोध्नुस्

आरजुको सुझाव– पार्टीभित्रका असहमतिहरु पार्टीभित्रै मिलाउँ र मिलेर जाउँ



काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टीमा कुनै पनि असहमित भएमा पार्टीभत्रि मिलाएर जानुपर्ने बताएकि छिन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको जारी बैठकमा आफ्नो धारणा राख्दै उनले भनिन् ‘यदि हाम्रो पार्टीभित्र कुनै प्रकारको बेमेल या असहमति आदि छन् भने तिनलाई बसेर पार्टीभित्रै मिलाउनुपर्छ । जहिले पनि पार्टीभित्र झगडा रहेको जस्तो गरेर बाहिर सार्वजनिक गर्नुहुदैन । बाहिरबाट हेर्दा कांग्रेस कार्यकर्ताले पार्टीमा सहमति र एकता देखे भने मात्र उनीहरुको मनोबल बढ्छ र हाम्रो पार्टी बलियो हुन्छ ।’

पार्टीका सिनियर नेताहरु भनेका पार्टीका सम्पत्ति र महत्वपूर्ण व्यक्तिहरु भएकाले उहाँहरु एकै ठाउँमा बस्ने र पार्टीभित्रका र आफ्ना जति पनि विषयमा असहमति छन् तिनलाई समाधान गरी सहमतिबाट नै अघि बढ्नुपर्ने उनको सुझाव थियो ।

उनले पछिल्लो समयमा पार्टीले छिटो छिटो केन्द्रीय समितिको बैठक बोलाएर आवश्यक छलफल र परामर्श गर्ने गरेकामा खुसी पनि व्यक्त गरिन् । यस्तै अवसरहरुमा आफ्ना असहमतिहरुको छलफल गरी निकास निकाल्न र पार्टीका भित्रि कुराहरु सार्वजनिक गरेर कांग्रेसलाई कमजोर नबनाउन उनको आग्रह थियो ।

समाजमा निराशा किन देखिएकोछ भन्ने कुरा पार्टीका नेताहरुले नै मनन् गर्नुपर्ने भन्दै कांग्रेस नेत्री डा राणाले राजनीतिक दलकै नेताहरुले नै सबैतिर खतम छ, कतै राम्रो छैन र केही भएन भन्नेजस्ता खालका निराशाका कुरा गरेकाले नै समाजमा यस्तो अवस्था आएको उहाँको भनाई थियो ।

डा राणाले समाजमा सकारात्मकता र राम्रो कुराको स्थापनाका लागि हामी आफैँ सकारात्मक हुनुपर्ने र भाषण या हाम्रा कार्यक्रमहरुमा हामीले बोल्ने कुरामा त्यस्तै सन्देश दिनुपर्ने उहाँले बताउनुभयो ।

डा राणाले देशमा युवा शक्ति विदेशिँदै गएकामा चिन्ता व्यक्त गर्दै देशका युवालाई स्वदेशमै रोक्न उनीहरुलाई रोजगारीका कार्यक्रमहरु ल्याउन पनि सुझाव दिनुभयो ।
संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति समेत रहेकी डा राणाले नेपालमा कृषिको सम्भावना र भविष्य रहेकाले कृषिका कार्यक्रमहरुमार्फत् युवामा रोजगारीका सम्भावना सिर्जना गर्नुपर्ने बताइन् ।

उनले नेपालका कृषि उत्पादनलाई विदेशी बजारबाट आउने कमसल खालका उत्पादनले विस्थापित गर्ने गरेकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने पनि सुझाव दिइन् ।

उनले भनिन् ‘भारतीय बजारबाट यस्तै प्रकारका कृषि उपजहरु आउने गरेका छन्, ती उपजहरु वास्तवमा कमसल खालका र गुणस्तरहिन रहेका भए पनि बोर्डरमा रहेका प्रहरीले थाहा नपाउने गरेकाले नेपाली बजारमा प्रवेश गर्ने गरेको छ । यसलाई रोक्नुपर्छ र कृषिमा आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकारले प्रभावकारी आयोजनाहरु ल्याउन सक्नुपर्छ ।