२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

बालकुमारी घटनामा सरकार र प्रहरी प्रशासन जिम्मेवारः अनेरास्ववियु

बालकुमारी घटनामा सरकार र प्रहरी प्रशासन जिम्मेवारः अनेरास्ववियु
अ अ+ अ-

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले रोजगार अनुमति प्रणाली मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान चाहेका युवाहरुले पानी जहाज निर्माण कम्पनीमा आवेदन दिएकाले उत्पादन क्षेत्रमा समेत भाषा परीक्षा दिन पाउनु पर्ने माग राखी गरेको आन्दोलनको क्रममा सरकारको तर्फबाट भएको दमको निन्दा गरेको छ ।

सरकारका मन्त्री सवार गाडीमा आगजनी भएको निहुँमा बेरोजगारीको पिडाले छटपटिएर सडकमा आएका युवा माथि शुक्रबार भएको प्रहरी दमन र प्रहरी दमनका क्रममा सुजन राउत र वीरेन्द्र शाहको ज्यान गएको घटना प्रति अनेरास्ववियु भर्त्सना गरेको छ । सो घटनालाई केबल मन्त्री सवार गाडीमा भएको आगजनीको रूपमा नबुझी आम बेरोजगार युवाहरूको पीडाका रूपमा बुझी आन्दोलनका मागहरू पुरा गर्न अनेरास्ववियुले माग गरेको छ ।

साथै अनेरास्ववियुले विना सर्त पक्राउ परेका युवाहरूलाई तत्काल रिहा गर्न, मृत्यु भएका युवाहरूको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न र प्रहरी दमनबाट होइन आन्दोलनरत युवाहरूको पिर मर्का बुझी वार्ता र संवाद मार्फत समस्याको समाधान खोज्न माग गरेको छ । अनेरास्ववियुले घटना हुनुको कारण सरकार रहेको जनाएको छ ।

‘आजको घटना घट्नुमा स्वयं सरकार र प्रहरी प्रशासन जिम्मेवार रहेको अनेरास्ववियुको ठहर छ, देशमै रोजगारी उपलब्ध गराउन नसक्ने सरकारले यसरी युवाहरूलाई बल प्रयोग गरी दमन गर्ने कार्यले राज्य प्रणाली र व्यवस्थामाथि वितृष्णा पैदा गरी मुलुकलाई थप अस्थिरता र हिंसा तर्फ धकेल्न समेत सक्ने हुनाले त्यस तर्फ सचेत रहन सरकारको ध्यानाकर्षण समेत गराउन चाहन्छौँ’, अनेरास्ववियुका अध्यक्ष समिक बडालले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

देशमै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्न पहल गर्नुको सट्टा दिउसै युवा माथि गोली बर्साउने सरकारको गलत रवैयाको भण्डाफोर गर्न र सशक्त आन्दोलनका लागि तयार रहन पनि अनेरास्ववियुले विद्यार्थीलाई आह्वान गरेको छ ।