२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

एनसेल प्रकरण: छानविन आयोग गठन गर्न माग गर्ने २२ अधिकारकर्मी गिरफ्तार

एनसेल प्रकरण: छानविन आयोग गठन गर्न माग गर्ने २२ अधिकारकर्मी गिरफ्तार
अ अ+ अ-

काठमाडौँ । एनसेल महाघोटाला प्रकरण सम्बन्धमा विश्वसनीय न्यायिक छानविन आयोग गठन गर्न लगायतको आग्रहसहित मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित दोस्रो धर्ना प्रदर्शनबाट प्रहरीले २२ जना अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ ।

२०८० पुस १३ गते दिउँसो १ बजे काठमाण्डौको माइतीघरमा आयोजित विरोध प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, ललितपुर शाखा सभापति मनबहादुर थापा, अधिकारकर्मीहरु सानु लामा, उमा गौतम, बलबहादुर गाहा मगर, जगन्नाथ पुडासैनी, ईश्वर पुडासैनी, विकास थापा, तुलसीराम भण्डारी, मणिराम दाहाल, लक्ष्मण पुडासैनी, वुद्ध अनमोल, मोहीणीप्रसाद आचार्य, र आदर्श क्षेत्रीसहित २२ जनालाई गिरफ्तार गरी प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।

प्रदर्शनमा सहभागिहरुले भ्रष्टाचारको अध्यायः दाहाल देउवा पर्याय, शिर्ष नेताको नयाँ धामः भ्रष्टाचारको सिंगापुर आयाम, भ्रष्टाचारी नेता चाहिदैँनः राज्यको सम्पत्ति निल्न पाइदैँन, एनसेल महाघोटालामा संलग्न प्रधानमन्त्री÷पूर्व प्रधानमन्त्रीलाई कारबाही गर, शिर्ष नेताको आहारः करोडको ब्रेकफाष्ट, अरबको लञ्च, खरबको डिनर लेखिएका प्लेकार्ड प्रदशर्न गरेका थिए ।

एनसेल महाघोटाला प्रकरणलाई शान्ति समाजले राज्य विरुद्ध अपराध भन्दै आएको छ ।  उक्त महाघोटाला प्रकरणमा प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुकै संलग्नताको तथ्य बारम्बार प्रकाशमा आएको हुँदा शान्ति समाजले विश्वसनीय न्यायीक छानविन आयोगको माग गर्दै आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा २०८० पुस ३ गते संसदको राज्य व्यवस्था समितिमा व्यक्त धारणाले प्रधानमन्त्रीसहित शिर्ष नेताहरुको संलग्नतालाई पुष्टि गरेको धारणा शान्ति समाजको छ । यसैगरी शान्ति समाज जिल्ला शाखाहरुको आयोजनामा पुस १३ गते चितवन, दाङ र पाल्पामा पनि एनसेल महाघोटाला विरुद्ध प्रदर्शन भएको छ ।