१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेल प्रकरण: छानविन आयोग गठन गर्न माग गर्ने २२ अधिकारकर्मी गिरफ्तार



अ+ अ-

काठमाडौँ । एनसेल महाघोटाला प्रकरण सम्बन्धमा विश्वसनीय न्यायिक छानविन आयोग गठन गर्न लगायतको आग्रहसहित मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित दोस्रो धर्ना प्रदर्शनबाट प्रहरीले २२ जना अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ ।

२०८० पुस १३ गते दिउँसो १ बजे काठमाण्डौको माइतीघरमा आयोजित विरोध प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, ललितपुर शाखा सभापति मनबहादुर थापा, अधिकारकर्मीहरु सानु लामा, उमा गौतम, बलबहादुर गाहा मगर, जगन्नाथ पुडासैनी, ईश्वर पुडासैनी, विकास थापा, तुलसीराम भण्डारी, मणिराम दाहाल, लक्ष्मण पुडासैनी, वुद्ध अनमोल, मोहीणीप्रसाद आचार्य, र आदर्श क्षेत्रीसहित २२ जनालाई गिरफ्तार गरी प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।

प्रदर्शनमा सहभागिहरुले भ्रष्टाचारको अध्यायः दाहाल देउवा पर्याय, शिर्ष नेताको नयाँ धामः भ्रष्टाचारको सिंगापुर आयाम, भ्रष्टाचारी नेता चाहिदैँनः राज्यको सम्पत्ति निल्न पाइदैँन, एनसेल महाघोटालामा संलग्न प्रधानमन्त्री÷पूर्व प्रधानमन्त्रीलाई कारबाही गर, शिर्ष नेताको आहारः करोडको ब्रेकफाष्ट, अरबको लञ्च, खरबको डिनर लेखिएका प्लेकार्ड प्रदशर्न गरेका थिए ।

एनसेल महाघोटाला प्रकरणलाई शान्ति समाजले राज्य विरुद्ध अपराध भन्दै आएको छ ।  उक्त महाघोटाला प्रकरणमा प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुकै संलग्नताको तथ्य बारम्बार प्रकाशमा आएको हुँदा शान्ति समाजले विश्वसनीय न्यायीक छानविन आयोगको माग गर्दै आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा २०८० पुस ३ गते संसदको राज्य व्यवस्था समितिमा व्यक्त धारणाले प्रधानमन्त्रीसहित शिर्ष नेताहरुको संलग्नतालाई पुष्टि गरेको धारणा शान्ति समाजको छ । यसैगरी शान्ति समाज जिल्ला शाखाहरुको आयोजनामा पुस १३ गते चितवन, दाङ र पाल्पामा पनि एनसेल महाघोटाला विरुद्ध प्रदर्शन भएको छ ।