२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

‘कोटेश्वर व्यवसायी संघ’ को १८ औं स्थापना दिवसमा रक्तदान र न्यानो लुगा हस्तान्तरण

‘कोटेश्वर व्यवसायी संघ’ को १८ औं स्थापना दिवसमा रक्तदान र न्यानो लुगा हस्तान्तरण
अ अ+ अ-

काठमाण्डौ । कोटेश्वरमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुको साझा संस्था कोटेश्वर व्यवसायी संघ स्थापना भएको १७ वर्ष पुरा भएको छ ।

संघको १८ औं स्थापना दिवसको अवसरमा सामुदायिक प्रहरी कोटेश्वर तथा सामाुदायिक सेवा तथा विकास संस्थाको सहयोगमा संघले कोटेश्वर चोकमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरी रगत संकलन गर्नुको साथै जाजरकोट भुकम्प पीडितहरुको लागि संकलन गरिएको न्यानो लुगा हस्तान्तरण पनि गरियो ।

संघका उपाध्यक्ष निलप्रसाद घिमीरेसहित ३२ जनाले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई नेपाल स्वयसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवम् स्वयमसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले प्रमाणपत्र वितरण गरे ।

बागमती प्रदेशका सांसद सुनिल केसीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा नं ३२ का अध्यक्ष नवराज पराजुली, नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की, सरस्वती क्लवका अध्यक्ष शिक्षित पराजुली, नेपाल स्वयसेवी रक्तदाता समाज चन्द्रागिरी नगर समितिका अध्यक्ष तथा कोटेश्वर व्यवसायी संघका पुर्व अध्यक्ष सरोज थापा, संघका निवर्तमान अध्यक्ष बिकास श्रेष्ठ, पुर्व अध्यक्ष हरिशरण पाठक, संस्थापक अध्यक्ष अच्युत लामिछाने, महानगर प्रहरीका डिएसपि शिवलाल पौडल, नेपाल स्वयसेवी रक्तदाता समाज झापाका अध्यक्ष सीताराम खतिवडा, सामुदायीक प्रहरी सेवा कोटेश्वरकी इन्चार्ज प्रहरी सहायक निरीक्षक तारा खत्री लगायतले संघको प्रगतीको लागि शुभकामना दिए ।

संघका अध्यक्ष गोरख बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघले जाजरकोट भूकम्प पीडितहरुको लागि कोटेश्वरका व्यवसायीहरुसंग संकलन गरेको न्यानो कपडा पनि सो अध्यक्ष थापाले किवानीज क्लवका केन्द्रीय सचिव युवराज न्यौपाने र जाजरकोटका खिमबहादुर शाहीलाई हस्तान्तरण गरे । संकलित न्यानो लुगा शाही र न्यौपानेले जाजारकोटमा लगेर वितरण गर्ने जिम्मेवारी लिएको संघका उपाध्यक्ष निलप्रसाद घिमीरेले बताएका छन् ।

 

‘कोटेश्वरको ब्युटी, हामी सबैको ड्युटी’ भन्ने नाराका साथ कोटेश्वरको सरसफाई लगायत व्यवसायीक हीत र सामाजिक कार्यमा सकृयरुपमा सहभागी हुँदै आएको कोटेश्वर व्यवसायी संघमा ६५० सदस्य रहेको अध्यक्ष गोरख बहादुर थापाले बताए ।