२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनको असरः हिमालमा घट्न थाले हिउँ



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ वैज्ञानिक डा।मदनलाल श्रेष्ठ विश्वमा तापक्रम बढ्दै गएको बताउँछन् । सन् १८५०–१९०० को तापक्रम वृद्धिको मापदण्डअनुसार विश्वव्यापी रूपमै सन् २०२० एक तातो वर्ष बनेको विश्व मौसम सङ्गठनले जनाएको छ । पहिलेको तापक्रम बढोत्तरीका आधारमा अन्य वर्षभन्दा यस वर्ष विभिन्न भूभागमा गरेर ०.१ देखि १.२ डिग्री सेन्टिग्रेडसम्म तापक्रम वृद्धि भएको अनुमान गरिएको छ ।

समुद्रको जलवाष्प नउडेसम्म पानी पर्दैन, पानी नपरे विश्व जलवायुमा सीधै असर पर्छ । यसकारण मौसममा परिवर्तन आएर मानव जीवन प्रभावित हुने जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेल बताउँछिन् । कँडेलले भनिन्, “विश्वको जलवायु परिवर्तन र प्रदूषणका कारण ओजन तहको विनाश, हिमालमा हिउँको कमी, समुद्री सतहको वृद्धिजस्ता प्रत्यक्ष असर परेको छ ।”

पछिल्लो मौसमी चक्रले नेपालसहित विश्वकै मौसम र जलवायुमा परिवर्तन आइरहेको मौसमविद् कँडेल औँल्याउँछिन् । मौसम परिवर्तन भन्नाले छोटो समयको वातावरणीय अवस्थालाई बुझिन्छ । जलवायु परिवर्तन भन्नाले १० वर्षदेखि माथिको मौसमी परिवर्तनलाई बुझाउँछ ।

उनका अनुसार नेपालको मौसम तथा जलवायु परिवर्तनमा विगतभन्दा अत्यधिक परिवर्तन आएको छ । पहिले सिमसिमे पानी लगातार परेर चिसो र आर्द्रता लामो समय सतहका रहन्थ्यो तर अचेल कहिले भारी वर्षा हुने, कहिले खडेरी नै लाग्ने हुन थालेको छ । यस्ता अतिवृष्टि, अनावृष्टिले बाढी, पहिरो, चट्याङ, हावाहुरीजस्ता प्राकृतिक विपत्तिको बढोत्तरी नेपालमा भएको छ । नेपालको जलवायु प्रवृत्ति विश्लेषण १९७१ देखि २०१४ नामक प्रतिवेदनअनुसार त्यो ४४ वर्षको मौसम फेरबदलको प्रवृत्ति हेर्दा प्रतिवर्ष ०.०५६ डिग्री सेल्सियस अधिकतम र ०.००२ डिग्री सेल्सियस न्यूनतमका दरले तापक्रम वृद्धि भइरहेको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

उनका अनुसार विगत पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा नेपालको जलवायु र मौसममा पानी पर्ने, चिसो बढ्ने र गर्मी हुने क्रममा धेरै परिवर्तन आएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।




भर्खरै