१ पुष २०८२, मंगलवार
,
Latest
बालुवाटारमा बिरोध गर्न जाँदा मिराज समुहका दुई जना पक्राउ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओस्कार विजेता फिल्म ‘प्यारासाइट’ स्टार ली सन क्युन मृत भेटिए



अ+ अ-

एजेन्सी । दक्षिण कोरियाका चर्चित अभिनेता ली सुन क्युनको बुधबार निधन भएको छ । रिपोर्टका अनुसार अभिनेताको शव उनको कारमा भेटिएको थियो । लि सन क्युनले ओस्कार विजेता फिल्म ‘प्यारासाइट’ मा मुख्य भूमिका निभाएका थिए ।

दक्षिण कोरियाली समाचार एजेन्सीका अनुसार, सियोलको सेओङ बुक जिल्लाको पार्कमा एक व्यक्ति कथित रूपमा अचेत अवस्थामा फेला परेको थियो, त्यसपछि प्रहरी अनुसन्धानले मृतक अभिनेता ली सुन क्युन भएको खुलासा गरेको थियो ।

रिपोर्टलाई विश्वास गर्ने हो भने प्रहरीले ‘ली सुन क्युन’ विरुद्ध लागुऔषध सेवनको मुद्दामा अनुसन्धान गरिरहेको थियो ।

रिपोर्टका अनुसार ४८ वर्षीय अभिनेताले आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ । के–पप हेराल्डले पनि आफ्नो ट्विटरमा ली सन क्युनको मृत्युको खबर पुष्टि गरेको छ ।

न्युज १८ मा प्रकाशित रिपोर्टमा प्रहरीलाई बिहान एक महिलाको फोन आएको र उनको श्रीमानले सुसाइड नोट लेखेर घर छाडेको बताएको पनि दाबी गरेको छ । त्यसपछि प्रहरीले अनुसन्धान गर्दा शव कोरियाली कलाकारको भएको थाहा भयो ।

रिपोर्टमा प्रहरीले अनुसन्धान गर्दा अभिनेताको गाडीबाट जलेको कोइलाका टुक्रा फेला पारेको भन्दै अभिनेताले आत्महत्याजस्तो कदम चालेको अनुमान गरिएको छ । ली सुन क्युनले सन् २००० मा फिल्म ‘साइको ड्रामा’ बाट आफ्नो फिल्मी करियर सुरु गरेका थिए । त्यसपछि उनी मेक इट बिग, सेन्ट अफ लभ, माई मदर, द मर्मेड जस्ता धेरै फिल्ममा देखा परे ।