२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वको पहिलो मलेरिया खोपले पश्चिमी केन्यामा काम गर्दै



अ+ अ-

सिया (केन्या) । लुसी अकिन्नीका तीन बच्चाहरू मलेरियाबाट संक्रमित भएकाले उनी प्रायः प्रत्येक हप्ता पश्चिमी केन्याको स्थानीय स्वास्थ्य क्लिनिकमा उनीहरूको उपचार गराउन गर्थिन्।

जब आफ्ना बच्चाहरूलाई घातक परजीवी रोग विरुद्धको विश्वको पहिलो खोपले बचाउने मौका दिइयो, अकिनीले मौकामा हाम फालिन्।

स्थानीय पश्चिमी केन्यामा एक लाखभन्दा बढी बच्चाहरूले रोग विरुद्ध नयाँ खोप प्राप्त गरेका छन् । मलेरियाले उप–सहारा अफ्रिकामा प्रत्येक वर्ष पाँच वर्षमुनिका दुई लाख ६० हजार बालबालिकाको ज्यान लिने गरेको छ । 

एउटा पायलट कार्यक्रमले केन्या, घाना र मलावीमा ३० वर्षदेखि निर्माण भइरहेको अभूतपूर्व ड्रग सन् २०१९ देखि प्रयोग भइरहेको थियो । 

गत वर्ष अक्टोबरमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा उप–सहारा अफ्रिका र अन्य जोखिममा रहेका क्षेत्रका बालबालिकाका लागि व्यापक प्रयोगको लागि यसलाई अनुमोदन गरिएको थियो।

अकिन्नी र उनको परिवारक लागि खोपले अचम्मको काम गरेको छ। आफ्ना छोराछोरीहरू सुतेको बेला उनी जहिले पनि लामखुट्टेले नटोकोस् भनेर झुल लगाइदिन्थिन्, तर धेरै प्रयास गर्दा पनि उनीहरूलाई खेल्दा बाहिर लामखुट्टेले टोकिहाल्थ्यो ।

“हाम्रो घरमा धेरै मलेरिया हुन्थ्यो। हामी एक महिनामा तीन पटक अस्पताल जानुपथ्र्यो”, अकिन्नीले भनिन् । तर खोप लगाइएदेखि उनका कुनै पनि बच्चाले मलेरियाको लागि सकारात्मक परीक्षण गरेका छैनन् । उनले भनिन्, “खोपले प्रमुख हत्यारा भएको क्षेत्रमा बसोबास गर्न ठूलो आराम ल्याएको छ।”

“हामी धेरै खुसी छौँ किनभने हाम्रा कोही पनि बच्चा बिरामी छैनन्”, अकिन्नीले भनिन्। उनकी भाउजू मिलिसेन्ट अकोथ ओयोयाले आफ्ना भदाहा र भदैहरूलाई ल्याएको फाइदा देखेर आफ्नै छोराछोरीलाई जबरजस्ती लाने विचार गरिन् ।

मलेरियाबाट बिरामी बच्चाहरूले भरिएका पश्चिमी केन्याका बाल चिकित्सा वार्डहरूमा परिणामहरू देखिन थालेको छ । मलेरियाका लागि बिरामी भर्ना हुने क्रम घट्दै गएको छ । 

“हामीले सेप्टेम्बर २०१९ मा औलोको खोप दिन थालेदेखि यसका केसहरूमा कमी देखेका छौँ”, सिया काउन्टीको अकाला स्वास्थ्य केन्द्रमा मलेरियाका लागि हेड नर्स एल्सा स्वेरुआले भनिन्, “मलेरिया लागेका बालबालिकालाई पनि यो गम्भीर छैन र औलोबाट मृत्यु हुनेको संख्या पनि घटेको छ।” एएफपी