१२ श्रावण २०८३, मंगलवार
,
Latest
पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल ‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’ पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: लुम्बिनीले कर्णालीलाई दियो एक सय ३४ रनको चुनौती



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई जितको लागि एक सय ३४ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ३३ रनको योेगफल बनायो । लुम्बिनीका लागि सरस्वती गङ्गा मगरले सर्वाधिक ५३ रनको योगदान दिइन् । उनले ६२ बल खेल्दै सात चौकाको मद्दतमा ५३ रनको योगदान दिएकी हुन ।

त्यस्तै अस्मा पुलामी मगरले २५ रन जोडिन् । उनले २५ बल खेल्दै तीन चौकाको मद्दतमा २५ रन जोडेकी हुन् । त्यसैगरी चमेली चौधरीले २२ बलमा दुई चौकाको सहायताले १८ रन बनाइन् । लक्ष्मी चौधरीले चार रन बनाइन् भने सरस्वती पुन र सुस्मिता बजगाइँले समान तीन/तीन रन बनाए ।

बलिङतर्फ कर्णालीका यमुना थारु, रस्मी खड्का र त्रिसना विश्वकर्माले समान एक/एक विकेट लिए । कर्णाली प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।