८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको टिप्पणीः राजनीतिले मुलुकलाई पीडामात्रै दियो

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको टिप्पणीः राजनीतिले मुलुकलाई पीडामात्रै दियो
अ+ अ-

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिले मुलुकलाई पीडामात्रै दिएको टिप्पणी गर्नुभएको छ ।

राजनीतिलाई अनुत्पादक क्षेत्रको रुपमा चित्रण गर्दै उहाँले राजनीतिकै कारण देशमा बस्न सक्ने अवस्था नरहेको जिकिर समेत गर्नुभयो । आईतवार काठमाडौंमा आयोजित ‘पाँचौ बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० विजेता घोषणा तथा उत्कृष्ट कथा संग्रह’ विमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जर्जर भएको राजनीति वैभवशाली र साहित्यकाहरु कमजोर हुँदा नै देशले पीडा भोग्नुपर्ने अवस्था आएको तर्क समेत गर्नुभयो ।

उहाँले देशमा राजनीतिले समस्याको समाधान दिन नसकिरहेको उल्लेख गर्नुभयो । देशको राजनीति जर्जर र अनुत्पादक हुँदा दैनिक नेपालीहरु विदेशिने क्रम बढीरहेको पनि बताउनु भयो । उहाँले साहित्यकारहरुले आफ्नो सृजनाको भरपुर लाभ लिन पाउनुपर्ने बताउनु भयो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, ‘साहित्यकारहरुलाई गरिव बनाएर, सृजनशील समुदायलाई गरिव बनाएर र जर्जर भएको राजनीतिलाई बलियो बनाएर । मलाई के लाग्छ भने राजनीतिले समाधान दिइराखेको छैन । राजनीति जर्जर छ । उत्पादनहीन छ । यसले देशको महिमा बढाउने भन्दा पनि देशलाई पीडा हुन त राजनीतिज्ञहरु यहाँ हुनुहुन्छ मलाई माफ गर्नुहोला । तर मैले भन्नैपर्ने भएर भनेको हो । राजनीति जर्जर भएको छ । यसले निकास दिएको छैन । यसले समाधान दिइराखेको छैन । यसले प्रोत्साहन दिएको छैन, हौसला दिएको छैन । देशमा बसुँबसुँ जस्तो पारेको पनि छैन । देश छोडौंछोडौं जस्तो बनाएको छ । भागौँभागौँ जस्तो बनाएको छ ।

हामी आफैँलाई फकाएर, लुकाएर के खोज्न जान्छौं बाहिर ? थाहा छैन । यो पनि एउटा कथ्य विषय होला । त्यसो हुनाले साहित्यकारहरुले जहाँ, जुन देशमा गरिवी भोग्छ, अपमान भोग्छ । उपेक्षा भोग्छ । र, जर्जर क्षेत्र, अनुत्पादक क्षेत्र, त्यसलाई अरु धेरै नाम नदिऊँ । म त्यसको धेरै अपमान गर्न चाहन्न । तर त्यो क्षेत्र महिमामण्डित छ । त्यो स्वाधिन छ । त्यो सम्पन्न छ । त्यो वैभवशाली छ । त्यो आकर्षक छ । त्यस्तो भएपछि यो देशको अवस्था यस्तो नभएर कस्तो हुन्छ ? यस्तै त हुन्छ नि ।

यस्तो परिस्थिति भोगेको समाजको नियमित यस्तै त हुन्छ नि । त्यसैले हामी अलिकति पनि सचेतना भएकाहरुले भन्ने बेला हो–साहित्यकाहरु सम्मानित हुनुपर्छ । साहित्यकारहरुले आफ्नो सृष्टिको, सृजनाको भरपुर लाभ लिन पाउनुपर्छ । हामीले बजारीकरण ग¥यौ त्यही साहित्य, जो लाभदायक छ । बजारीकरण जसले ग¥यो, त्यसलाई लाभ त भयो होला । तर स्रष्टाले के भेट्टाउँछ मलाई थाहा छैन ।’

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले प्रथम, द्वितीय र तृतीय कथाकारहरू मनोजबाबु पन्त, प्रमोद प्याकुरेल र विजय हितानलाई क्रमशः एक लाख, साठी हजार र चालिस हजार नगद पुरस्कार प्रमाणपत्र तथा ट्रफी प्रदान गर्नुभएको थियो । मनोजबाबु पन्तको ‘बुढो लाँकुरीको रुख’ प्रथम, प्रमोद प्याकुरेलको कथा ‘काँचुली’ दोस्रो र विजय हितानको कथा ‘चेपाङ, चमेरो र चिउरी’ तेस्रो भएको हो । त्यस अवसरमा बाह्रखरी मिडियाको पाँचौ वार्षिक संस्करणका संग्रह ‘उत्कृष्ट कथा–२०८०’ पनि विमोचन गरिएको थियो ।