१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको टिप्पणीः राजनीतिले मुलुकलाई पीडामात्रै दियो



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिले मुलुकलाई पीडामात्रै दिएको टिप्पणी गर्नुभएको छ ।

राजनीतिलाई अनुत्पादक क्षेत्रको रुपमा चित्रण गर्दै उहाँले राजनीतिकै कारण देशमा बस्न सक्ने अवस्था नरहेको जिकिर समेत गर्नुभयो । आईतवार काठमाडौंमा आयोजित ‘पाँचौ बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० विजेता घोषणा तथा उत्कृष्ट कथा संग्रह’ विमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जर्जर भएको राजनीति वैभवशाली र साहित्यकाहरु कमजोर हुँदा नै देशले पीडा भोग्नुपर्ने अवस्था आएको तर्क समेत गर्नुभयो ।

उहाँले देशमा राजनीतिले समस्याको समाधान दिन नसकिरहेको उल्लेख गर्नुभयो । देशको राजनीति जर्जर र अनुत्पादक हुँदा दैनिक नेपालीहरु विदेशिने क्रम बढीरहेको पनि बताउनु भयो । उहाँले साहित्यकारहरुले आफ्नो सृजनाको भरपुर लाभ लिन पाउनुपर्ने बताउनु भयो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, ‘साहित्यकारहरुलाई गरिव बनाएर, सृजनशील समुदायलाई गरिव बनाएर र जर्जर भएको राजनीतिलाई बलियो बनाएर । मलाई के लाग्छ भने राजनीतिले समाधान दिइराखेको छैन । राजनीति जर्जर छ । उत्पादनहीन छ । यसले देशको महिमा बढाउने भन्दा पनि देशलाई पीडा हुन त राजनीतिज्ञहरु यहाँ हुनुहुन्छ मलाई माफ गर्नुहोला । तर मैले भन्नैपर्ने भएर भनेको हो । राजनीति जर्जर भएको छ । यसले निकास दिएको छैन । यसले समाधान दिइराखेको छैन । यसले प्रोत्साहन दिएको छैन, हौसला दिएको छैन । देशमा बसुँबसुँ जस्तो पारेको पनि छैन । देश छोडौंछोडौं जस्तो बनाएको छ । भागौँभागौँ जस्तो बनाएको छ ।

हामी आफैँलाई फकाएर, लुकाएर के खोज्न जान्छौं बाहिर ? थाहा छैन । यो पनि एउटा कथ्य विषय होला । त्यसो हुनाले साहित्यकारहरुले जहाँ, जुन देशमा गरिवी भोग्छ, अपमान भोग्छ । उपेक्षा भोग्छ । र, जर्जर क्षेत्र, अनुत्पादक क्षेत्र, त्यसलाई अरु धेरै नाम नदिऊँ । म त्यसको धेरै अपमान गर्न चाहन्न । तर त्यो क्षेत्र महिमामण्डित छ । त्यो स्वाधिन छ । त्यो सम्पन्न छ । त्यो वैभवशाली छ । त्यो आकर्षक छ । त्यस्तो भएपछि यो देशको अवस्था यस्तो नभएर कस्तो हुन्छ ? यस्तै त हुन्छ नि ।

यस्तो परिस्थिति भोगेको समाजको नियमित यस्तै त हुन्छ नि । त्यसैले हामी अलिकति पनि सचेतना भएकाहरुले भन्ने बेला हो–साहित्यकाहरु सम्मानित हुनुपर्छ । साहित्यकारहरुले आफ्नो सृष्टिको, सृजनाको भरपुर लाभ लिन पाउनुपर्छ । हामीले बजारीकरण ग¥यौ त्यही साहित्य, जो लाभदायक छ । बजारीकरण जसले ग¥यो, त्यसलाई लाभ त भयो होला । तर स्रष्टाले के भेट्टाउँछ मलाई थाहा छैन ।’

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले प्रथम, द्वितीय र तृतीय कथाकारहरू मनोजबाबु पन्त, प्रमोद प्याकुरेल र विजय हितानलाई क्रमशः एक लाख, साठी हजार र चालिस हजार नगद पुरस्कार प्रमाणपत्र तथा ट्रफी प्रदान गर्नुभएको थियो । मनोजबाबु पन्तको ‘बुढो लाँकुरीको रुख’ प्रथम, प्रमोद प्याकुरेलको कथा ‘काँचुली’ दोस्रो र विजय हितानको कथा ‘चेपाङ, चमेरो र चिउरी’ तेस्रो भएको हो । त्यस अवसरमा बाह्रखरी मिडियाको पाँचौ वार्षिक संस्करणका संग्रह ‘उत्कृष्ट कथा–२०८०’ पनि विमोचन गरिएको थियो ।