२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार बैठक: टिआरसी विधेयक आउने अधिवेशनबाट पारित गरेर जाने कुरा भयो- रमेश लेखक



अ+ अ-

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक आउँदो अधिवेशनबाट पारित गरिने भएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे आइतबार शीर्ष दलका नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आगामी संसद् अधिवेशनबाट विधेयक पारित गर्ने कुरा भएको नेपाली कांंग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा उक्त सहमति भएको हो ।

भेटमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथि भएका छलफल र नमिलेका विषयबारे बैठकमा जानकारी गराइएको बताउनुभयो । “सदनमा विचाराधीन रहेको टिआरसी विधेयकमा भएको कुरा र थप मिल्नुपर्ने कुरामा जानकारी गराइयो,” उहाँले भन्नुभयो, “यो विधेयक आउने अधिवेशनबाट पारित गरेर जाने कुरा भयो ।”