८ भाद्र २०८३, सोमबार
,
Latest
छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलसँग बराबरी खेलेको आर्सनल शीर्षस्थानमा यथावत



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र आर्सनलले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा सुरुवाती अग्रता भने आर्सनलले लिएको थियो । खेलको ४ औं मिनेटमा डिफेन्डर गाब्रियलले हेडरमार्फत गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, खेलको २९ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए । अलेक्जान्डर आर्नल्डको लङ पासमा उनले आर्सनलका तीन डिफेन्डरलाई बिट गर्दै बललाई जाली चुमाए ।

त्यसपछि दुबै टोलीले अन्तिम समयसम्म गोल गर्ने प्रयास गरेपनि सफल हुन भने सकेनन् । यस बराबरीसँग आर्सनल लिगको शीर्षस्थानमा यथावत छ । उसको १८ खेलबाट ४० अंक छ । एक अंक कम अर्थात् ३९ अंक रहेको लिभरपुल दोस्रो स्थानमा छ ।