८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नेफ्स्कूनको ३२औं साधारणसभा आजबाट, एजेण्डा सहित उम्मेदवारहरु मैदानमा

नेफ्स्कूनको ३२औं साधारणसभा आजबाट, एजेण्डा सहित उम्मेदवारहरु मैदानमा
अ अ+ अ-

काठमाडौं । सहकारी अभियन्ता योगेश ढकालले यसपाली नेफ्स्कून अधिवेशनमा खुला सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

सहकारी अभियानमा झण्डै १५ बर्ष देखि सक्रिय ढकालले उमेद्धवारी घोषणा गर्दै भनेका छन्,अब सहकारी अभियान आवाज विहिनहरुको आवाज बन्नु छ र भुईमान्छेहरुको आशाको केन्द्र बन्नुछ । त्यसैले अबको नेफस्कूनले नेपाल, नेपाली र नेपाली माटोलाई चिनेको नेतृत्व रोज्नु छ । नेफ्स्कूनको ३२औं साधारणसभा आजबाट काठमाडौमा सुरु हुंदैछ । भोलि सम्म चल्ने साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

अहिले देशभरिका १४ हजार बचत तथा ऋण सहकारी छन् । यी मध्ये करिब ४ हजार भन्दा बढी बचत तथा ऋण सहकारी संस्थालाई नेपाल बचत तथा ऋण केन्द्र्रिय सहकारी संघ (नेफस्कून ) सँग अबद्ध छन् । उमेद्धवारी घोषणा सँगै ढकालले भनेका छन् निणर्य तहमा युवा सहभागिता मात्रै हैन सहकारीमा नविन सोचका लागि यो मेरो निणर्य हो ।

नेफस्कूनसँग आबद्ध ३ वटा बचत सघंको भावना अनुसार, ७६ जिल्लामा पहँुच पुगेको ६३ वटा जिल्ला बचत सघंको आशा र भरोसा केन्द्रबिन्दु नेफस्कूनलाई अझ बिश्वासिलो बनाउन म मन बचन र कर्मले लगातार लागि पर्ने छु उनले बिज्ञप्तीमा भनेका छन् ।

ढकाल, याद ऋण बचत सहकारीका संथापक हुन् । सहकारीको ३४ बर्षको गौरबशाली इतिहासमा अहिले देश भरि करिब ३५ हजार सहकारी संस्था छन् । करिब ७० लाख भन्दा नेपाली नागरिक प्रत्यक्ष अभियान्तको रुपमा सदस्य छन् । ३५ हजार सहकारीका करिब ७० लाख सहकारीकर्मीलाई अहिले केन्द्रिय स्तरमा १८ वटा छाता संगठनले गोलबद्ध बनाएका छन् । सहकारीको यति फराकिलो मैदानमा केहि सहकारीमा देखिएको समस्याले सहकारी अभियान नै धमिलिएको छ । त्यसैले अबको नेफ्स्कूनको नेतृत्वले परम्परागत हैन नविन सोच चाहिएको छ । समय र सहकारीकर्मी अनुकुल निति र योजना निमार्णमा नेतृत्व गर्न सक्ने व्यक्ति चाहिएको छ । बोलीमा मात्र हैन व्यवहारमा आँट र भरोसा दिन सक्ने सपना बोकेको नेतृत्व अब नेफस्कूनले छान्नु छ ।

समस्त मतदातासँग अनुरोध गर्दै ढकालले संकल्प गरेका छन् म नेफस्कूनको नयाँ नेतृत्वमा निर्वाचित भएपछि , धमिलिएको सहकारीको अभियानलाई सफा आवाज उठाउने छु । सहकारीका नाममा हुँदै आएको भद्रलोगलाई चिरफार गर्न, अधिकांश नेपालीको घर आँगनमै पुगेको सहकारी मार्फत् नेपालीको अर्थोपार्जनलाई फराकिलो बनाउन, बैक तथा बित्तिय सस्थाले समेट्न नसकेका झण्डै ६१ प्रतिशत नेपालीको अनुहारमा सहकारी अनियान मार्फत् उज्यालो भन म सधैं कटिबद्ध हुनेछु । सहकारीको मर्म नबुझ्ने अनि सडकमा कुर्लनेलाई सहाकारी अभियान के हो बुझाउने छु । अझ महत्वपुर्ण कुरा सकहारी अभियानलाई कमजोर बनाउने बिरुद्द सतिसाल भएर उभिने छु ।

एक अभिलेखका अनुसार नेपालका बचत तथा ऋण सहकारी संस्थासँग अहिले ७७ अर्वको संस्थागत पुजीँ छ । झण्डै ३ खर्ब ४६ अर्ब बचत संकलन छ भने , ३ खर्ब ३३ अर्बको ऋण लगानी छ । यति ठुलो आर्थीक कारोवारमा ५१ प्रतिशत महिलाको शेयर सहभागिता छ । संचालक समितिमा ४० प्रतिशत महिला कै निणर्य चल्छ । अझ आशा लाग्दो कुरा नेपालको सहकारी अभियानले झण्डै ६५ हजार नेपालीलाई रोजगारी दिएको छ । त्यसैले पनि सहकारी अभियानलाई अहिले संङ्लो बनाउन पनि यो मेरो उमेद्धवारी हो, नेफ्स्कून अधिवेशनमा खुला सदस्य पदका लागि उम्मेदवारी घोषणासँगै ढकालले प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।