२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेफ्स्कूनको ३२औं साधारणसभा आजबाट, एजेण्डा सहित उम्मेदवारहरु मैदानमा



अ+ अ-

काठमाडौं । सहकारी अभियन्ता योगेश ढकालले यसपाली नेफ्स्कून अधिवेशनमा खुला सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

सहकारी अभियानमा झण्डै १५ बर्ष देखि सक्रिय ढकालले उमेद्धवारी घोषणा गर्दै भनेका छन्,अब सहकारी अभियान आवाज विहिनहरुको आवाज बन्नु छ र भुईमान्छेहरुको आशाको केन्द्र बन्नुछ । त्यसैले अबको नेफस्कूनले नेपाल, नेपाली र नेपाली माटोलाई चिनेको नेतृत्व रोज्नु छ । नेफ्स्कूनको ३२औं साधारणसभा आजबाट काठमाडौमा सुरु हुंदैछ । भोलि सम्म चल्ने साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

अहिले देशभरिका १४ हजार बचत तथा ऋण सहकारी छन् । यी मध्ये करिब ४ हजार भन्दा बढी बचत तथा ऋण सहकारी संस्थालाई नेपाल बचत तथा ऋण केन्द्र्रिय सहकारी संघ (नेफस्कून ) सँग अबद्ध छन् । उमेद्धवारी घोषणा सँगै ढकालले भनेका छन् निणर्य तहमा युवा सहभागिता मात्रै हैन सहकारीमा नविन सोचका लागि यो मेरो निणर्य हो ।

नेफस्कूनसँग आबद्ध ३ वटा बचत सघंको भावना अनुसार, ७६ जिल्लामा पहँुच पुगेको ६३ वटा जिल्ला बचत सघंको आशा र भरोसा केन्द्रबिन्दु नेफस्कूनलाई अझ बिश्वासिलो बनाउन म मन बचन र कर्मले लगातार लागि पर्ने छु उनले बिज्ञप्तीमा भनेका छन् ।

ढकाल, याद ऋण बचत सहकारीका संथापक हुन् । सहकारीको ३४ बर्षको गौरबशाली इतिहासमा अहिले देश भरि करिब ३५ हजार सहकारी संस्था छन् । करिब ७० लाख भन्दा नेपाली नागरिक प्रत्यक्ष अभियान्तको रुपमा सदस्य छन् । ३५ हजार सहकारीका करिब ७० लाख सहकारीकर्मीलाई अहिले केन्द्रिय स्तरमा १८ वटा छाता संगठनले गोलबद्ध बनाएका छन् । सहकारीको यति फराकिलो मैदानमा केहि सहकारीमा देखिएको समस्याले सहकारी अभियान नै धमिलिएको छ । त्यसैले अबको नेफ्स्कूनको नेतृत्वले परम्परागत हैन नविन सोच चाहिएको छ । समय र सहकारीकर्मी अनुकुल निति र योजना निमार्णमा नेतृत्व गर्न सक्ने व्यक्ति चाहिएको छ । बोलीमा मात्र हैन व्यवहारमा आँट र भरोसा दिन सक्ने सपना बोकेको नेतृत्व अब नेफस्कूनले छान्नु छ ।

समस्त मतदातासँग अनुरोध गर्दै ढकालले संकल्प गरेका छन् म नेफस्कूनको नयाँ नेतृत्वमा निर्वाचित भएपछि , धमिलिएको सहकारीको अभियानलाई सफा आवाज उठाउने छु । सहकारीका नाममा हुँदै आएको भद्रलोगलाई चिरफार गर्न, अधिकांश नेपालीको घर आँगनमै पुगेको सहकारी मार्फत् नेपालीको अर्थोपार्जनलाई फराकिलो बनाउन, बैक तथा बित्तिय सस्थाले समेट्न नसकेका झण्डै ६१ प्रतिशत नेपालीको अनुहारमा सहकारी अनियान मार्फत् उज्यालो भन म सधैं कटिबद्ध हुनेछु । सहकारीको मर्म नबुझ्ने अनि सडकमा कुर्लनेलाई सहाकारी अभियान के हो बुझाउने छु । अझ महत्वपुर्ण कुरा सकहारी अभियानलाई कमजोर बनाउने बिरुद्द सतिसाल भएर उभिने छु ।

एक अभिलेखका अनुसार नेपालका बचत तथा ऋण सहकारी संस्थासँग अहिले ७७ अर्वको संस्थागत पुजीँ छ । झण्डै ३ खर्ब ४६ अर्ब बचत संकलन छ भने , ३ खर्ब ३३ अर्बको ऋण लगानी छ । यति ठुलो आर्थीक कारोवारमा ५१ प्रतिशत महिलाको शेयर सहभागिता छ । संचालक समितिमा ४० प्रतिशत महिला कै निणर्य चल्छ । अझ आशा लाग्दो कुरा नेपालको सहकारी अभियानले झण्डै ६५ हजार नेपालीलाई रोजगारी दिएको छ । त्यसैले पनि सहकारी अभियानलाई अहिले संङ्लो बनाउन पनि यो मेरो उमेद्धवारी हो, नेफ्स्कून अधिवेशनमा खुला सदस्य पदका लागि उम्मेदवारी घोषणासँगै ढकालले प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।