१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

प्राङ्गारिक खेतीबारे बढ्दो चासो

प्राङ्गारिक खेतीबारे बढ्दो चासो
अ अ+ अ-

महोत्तरी । खेती गर्ने समयमा रासायनिक मल, बीउ र कीरा नियन्त्रण गर्ने विषादी बजारमा नपाउदा दिक्क भएका यहाँका किसानले प्राङ्गारिक खेतीमा चासो बढाएका छन् । बाली लगाउने बेलामा यस्ता वस्तुको अभाब बढेपछि जिल्लाको उत्तरी क्षेत्रका किसानले बैकल्पिक उपायस्वरुप प्राङ्गारिक खेतीतर्फ चासो बढाएका हुन् ।

बर्दिबास नगरपालिका–६ किसाननगरका तरकारी उत्पादक किसान वासुदेव महतोले पछिल्लो पाँच वर्षयता रासायनिक मल, कीरा नियन्त्रण गर्ने विषादी र भारतीय बीउ प्रयोग गर्न छाड्नुभएको छ । “मल, बीउ र कीरा नियन्त्रणका औषधि आफै तयार गर्छु” उहाँ भन्नुहुन्छ, “आफैँले उत्पादन गरेको फसलमा पौष्टिकपन, प्राकृतिक स्वाद र सुपाच्य हुन्छ, अनि मल र कीरा नियन्त्रणका औषधि पनि आफै बनाउन सकिन्छ ।” प्राङ्गारिकखेती थालेपछि आफ्नो उत्पादन उपभोक्ताको पहिलो रोजाइँमा पर्ने गरेको कृषक महतोको भनाइ छ ।

तरकारी, तेलहन र उखुलगायत नगदेबाली लगाइने जिल्लाको उत्तरी क्षेत्रका गाउँ-नगर बस्तीमा परम्परागत खनजोत र प्राङ्गारिक मलको प्रयोगबाट प्रशस्त उत्पादन हुन थालेको छ । खासगरी हरियो सागसब्जी र  अन्य तरकारी बालीमा रासायनिक विषादीको प्रयोगले जनस्वास्थ्यमै प्रतिकूल असर पर्न थालेपछि सोको प्रयोग छाडिएको भङ्गाहा–४ रामनगरका  तरकारी किसान नारायण दाहाल बताउनुहुन्छ ।

“हेर्नोस् त, यो अग्न्यास्त्र, यो ब्रह्मास्त्र।।१”आपूmले गाईको गहुँतमा स्थानीय विभिन्न प्रकारका वनस्पतिको झोल मिसाएर कीरा नियन्त्रणका लागि बनाएको प्राङ्गारिक औषधि र तिनका नाम देखाउँदै उहाँ भन्नुहुन्छ, “सागसब्जीमा लाग्ने लाइ (एक खालको कीरा) र अन्य कीरा नियन्त्रण गर्न यी औषधि रामवाण छन् ।” आफ्नै ओरपरका निम, रिठ्ठा र बगण्डीसहित थुप्रै वनस्पति किट नियन्त्रण गर्न विषादी बनाउन सकिने कृषक दाहालको भनाइ छ ।  

मल बनाउन आफ्नै वरपरका झारपतिङ्गर, त्यतिकै मिल्किएका फोहर, मल बनाउन नै खेती गरिने ढैंचा (एक प्रकारको वनस्पति) र घरपालुवा गाईबस्तुको गोबर तथा बाख्राको बड्कौँला प्रयोग गर्न सकिने भएकाले यो खेतीका लागि सुलभ  मल हुने उहाँ बताउनुहुन्छ ।  मलले माटोलाई उर्वर बनाइ राख्ने र वर्षैपिच्छे मलको मात्रा केही घटाउँदै लान सकिने भएकाले प्राङ्गारिक मल र विषादी निक्कै प्रभावकारी बनेको सोही बस्तीकै अर्का तरकारी किसान चन्देश्वर राय दनुवार सुनाउनुहुन्छ ।

बालीलाई मल चाहिने बेलामा रासायनिक मलको हाहाकार हुने र तिनको गुणस्तर एकीन नहुँदा उत्पादनमा प्रतिकूल असर पर्नाका साथै परनिर्भरता पनि बढाएकाले आफूहरु प्राङ्गारिक खेतीतिर लागेको यसभेगका किसानहरुको भनाइ छ । तरकारी, फलपूmल र अन्यबालीमा लाग्ने रोगव्याध र कीरा नियन्त्रणका लागि गाईको गहुँत, खरानी र पानी घोलेर छर्कने गरिएको र यो निक्कै सफल भएको बर्दिबास–९ पशुपतिनगरका किसान ब्रह्मदेव महतो बताउनुहुन्छ । खासगरी तरकारी र फलपूmलमा कडा विषादीको प्रयोग बढ्नाले आम उपभोक्तामा विभिन्न रोगव्याधको बढ्दो सङ्क्रमणलाई प्राङ्गारिक खेती प्रणालीले घटाउने र यसरी उत्पादन गरिएको  तरकारी स्वादिलो हुनाले उपभोक्ताको रोजाइँमा पर्ने  गरेको उहाँ उल्लेख गर्नुहुन्छ ।

प्राङ्गारिक खेती सुरु गरिएको पहिलो वर्ष २०७०  सालमा उत्पादन अलि कम उत्पादन भए पनि त्यसयता क्रमशः उत्पादन बढ्दै गएपछि अब खासै समस्या नभएको त्यहाँका किसानको भनाइ छ ।  पछिल्ला वर्षमा प्राङ्गारिक मल, बिउ र विाषदीको प्रयोगबाट रामै्र उत्पादन हुनाका साथै बजार पुर्‍याउनासाथ उपभोक्ताले आफ्नो समान तत्काल किन्ने गरेका बर्दिबास–५ चेरुका परबल उत्पादक किसान वाणिकराज काफ्ले बताउनुहुन्छ । “हाम्रो बस्तीमा विषादी र रासायनिक मलको प्रयोगबिना नै परबल खेती हुने गरेको  बजारका  उपभोक्ताले थाहा पाएका छन्” कृषि मन्त्रलयको सहसचिवबाट सेवानिवृत भई अहिले सघन तरकारी खेतीमा लाग्नुभएका काफ्ले भन्नुहुन्छ, “हामीले बजारमा आफ्नो उत्पादन बिसाउनासाथ चारैतिरबाट ग्राहक झुम्मिएर तुरुन्तै लैजान्छन् ।” पछिल्लो चरणमा त व्यापारी घरघरै आएर पनि उत्पादित फसल लग्न थालेपछि बजार पु¥याउने झन्झट पनि घट्दै गएको उहाँ बताउनुहुन्छ ।

बाली उत्पादक किसान मात्र नभइ अब उपभोक्तासमेत प्राङ्गारिक उत्पादन चिन्न सिपालु भएका छन् । प्राङ्गारिक वस्तुको प्रयोग गरिएका फसलको स्वभाविक आकार र रङ्ग देखिने भएकाले ठम्याएर किन्न गार्‍हो नहुने  बर्दिबास–१ की उपभोक्ता प्रतिमा कोइरालाको ठम्याइ छ ।  यस्तो खेतीमा किसानको बढ्दो आकर्षणलाई राज्यले भरथेग गरे यहाँको उत्पादनमा  गुणस्तर वृद्घि हुनाका साथै उत्पादितवस्तुले ठाउँको परिचय पनि गराउने जिल्लाका सामाजिक सङ्घसंस्था, ब्यापारिक प्रतिष्ठान र स्वास्थ्यक्षेत्रमा कार्यरत विज्ञको भनाइ छ । पछिल्ला केही वर्षयता प्राङ्गारिक मल, बीउ र किट नियन्त्रक औषधि उत्पादनका उद्योग स्थापित भए पनि त्यस्ता औषधि बजारमा नआइपुगेको अन्य किसानको गुनासो छ । खासगरी स्थानीयतहले आ–आफ्ना क्षेत्रभित्र यी कृषिसम्बद्ध प्राङ्गारिक सामग्री  बेचबिखन केन्द्र खोल्न  ध्यान दिनुपर्नेमा भङ्गाहा–४ रामनगरका अर्का तरकारी उत्पादक किसान बहुरा महतो जोड दिनुहुन्छ  । अहिले प्राङ्गारिक खेती राम्रो भएको बुझेका किसान पनि बजारमा यस्ता कृषि सामग्री नपाउँदा मन मारेर रासायनिक मल र विषादिको चक्करमा भौतारिएका पाइएको उहाँ बताउनुहुन्छ । 

भङ्गाहा–५ सीतापुरका रामबहादुर भुजेल प्राङ्गारिक खेतीतर्फ किसानको बढ्दो आकर्षण सकारात्मक भएको बताउनुहुन्छ । “प्राङ्गारिक बीउ, मल र किट नियन्त्रक औैषधिका बजार सबैतिर छैनन् , यो व्यवस्थित गर्न सक्नुपर्छ” उहाँ भन्नुहुन्छ, “पहिलो पटक उद्योगबाट उत्पादित प्राङ्गारिक मल प्रयोग गर्दा यसको मात्रा बढाउनुपर्ने हुँदा महँगो लाग्नसक्छ, तर वर्षेनि यो मात्रा घटाउँदै लान सकिने भएको हुँदा क्रमशः यो खेतीमा लागत घट्छ ।” प्राङ्गारिक खेती किसानका लागि सजिलो र कम लागतको हुने र उपभोक्ताका लागि स्वस्थ्यकर हुने कुरा सबैले बुझ्दै गएपछि यो प्रविधिले व्यापकता पाउँदै जाने भुजेलको विश्वास छ ।