२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री किराँतीलाई बर्खास्त गर्न राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले दिएको धर्म सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

किराँतीले ‘क्रिश्चियन धर्म मान्दिन भन्नू संविधानलाई मान्दिन भन्नू हो, संविधान मान्दिन भन्ने देशद्रोही हुन, यदि कसैले देशद्रोही गर्छ भने त्यसलाई हतकडी लगाउने जेलमा हाल्दिने हो’ भन्ने अभिव्यक्तिप्रति संगठनले गम्भीर आपत्ति जनाएको हो ।

अध्यक्ष सुजित केसीले जारी गरेको विज्ञप्तिमा नेपाल सरकारका मन्त्री किराँतीले क्रिश्चियन धर्मलाई प्रोत्साहन गर्ने गरि तथा अन्य धर्म र धर्मावलम्बीलाई धम्काउने शैलीमा दिएको अभिव्यक्ति आपत्तिजनक तथा भर्त्सना योग्य रहेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी हिन्दु युवा सबै धर्मलाई सम्मान गर्छौँ तर क्रिश्चियन धर्मलाई मान्दैनौँ, यदि हामीले क्रिश्चियन धर्मलाई नमानेकै कारण देशद्रोही हो भने हतकडी लगाएर जेल हाल्नसमेत मन्त्री किराँतीलाई चुनौती दिन चाहान्छौं ।’

कानुनको उल्लंघन गर्दै अभिव्यक्ति दिने मन्त्री किराँतीलाई तत्काल बर्खास्त गरि विद्यमान कानुन बमोजिम कारबाही गर्न यस संगठन नेपाल सरकारका प्रधानमन्त्री, गृहमन्त्री तथा प्रहरी प्रशासनलाई जोडदार माग समेत गरिएको छ ।