• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा

इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गरिएका चारजना विदेशबाट पक्राउ



symbolic picture

काठमाडौँ । नेपाल प्रहरीले एक हप्ताको अवधिमा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरुलाई नेपल ल्याइएको हो ।

प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार युनाइटेड अरब इमिरेटस् ९युएई० को दुबईबाट तीन तथा कुवेतबाट एकजनालाई नेपाल ल्याइएको हो । विद्युतीय कारोबारको कसुरमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका प्यूठानको सरुमारानी गाउँपालिका–१ का ३३ वर्षीय सगीर अहमदलाई पक्राउ गरी बुधबार नेपाल ल्याइएको हो

यसअघि स्याङ्जाको वालिङ नगरपालिका–११ भोर्लेका ३५ वर्षीय यामबहादुर बुढाथोकी, काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–८ का ३१ वर्षीय उमेश लामा र सर्लाहीको जानकीनगरका कोमलराज उपाध्यायलाई पक्राउ गरी नेपाल ल्याएको प्रहरी नायब महानिरीक्षक कडायतले बताउनुभयो । रासस