११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक निर्माणको सम्बन्धमा सरोकारवाला सबै मन्त्रालयसँग छलफल गर्ने

काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक निर्माणको सम्बन्धमा सरोकारवाला सबै मन्त्रालयसँग छलफल गर्ने
file photo
अ अ+ अ-

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक निर्माणको सम्बन्धमा सरोकारवाला सबै मन्त्रालयहरुसँग संयुक्त रुपमा बैठक गर्ने भएको छ ।

बुधवार बसेको समितिको बैठकले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक निर्माण गर्नका लागि सबै काम शुन्य बिन्दुदेखि निजगढसम्म सम्पन्न गर्न, गराउनका लागि सरोकारवाला सबै मन्त्रालयसँग संयुक्त रुपमा बैठक गरी तत्पश्चात निर्देशन दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले राष्ट्रिय गौरवका आयोजनाहरुको हकमा पूरक वातावरणीय प्रभाव मूल्यांकन समयसिमा तोकि उक्त अवधिभित्र स्वीकृत गरी रुख कटान तथा जग्गा प्राप्ति लगायतका कार्यमा समयमै सम्पन्न गर्न आवश्यक सहजीकरण गरिदिन वन मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन पनि दिएको छ । समितिको बैठकले राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्नका लागि सबै पक्षबाट प्राथमिकता दिई आवश्यक सहयोग गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समन्वय गर्न पनि निर्देशन दिएको छ ।

समितिको निर्णयमा द्रुततर निर्माण सम्बन्धमा नेपाली सेनाबाट अनुरोध भए बमोजिमको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट उपलब्ध गराउनुपर्ने आवश्यक प्राविधिक तथा अन्य सहयोग समयमै उपलब्ध गराउन भौतिक तथा पूर्वाधार मन्त्रालयलाई निर्देशन दिने पनि भनिएको छ । त्यसैगरी, नेपाली सेनालाई जिम्मेवारी दिएको करिडोर सडकहरुसँग नेपाली सेनाको जनशक्ति, उपकरण केही समय प्रयोगविहिन रहेको र क्षमता अनुरुप प्रयोग गर्न नसकिएकोले भन्दै अर्थ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयलाई आवश्यकता अनुसारको बजेट व्यवस्थापन गर्न निर्देशन दिने पनि निर्णय भएको छ ।

समिति बैठकको निर्णय बारेमा जानकारी गराउँदै सभापति रामहरी खतिवडाले भन्नुभयो – ‘काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक निर्माण गर्नका लागि सबै काम शुन्य बिन्दुदेखि निजगढसम्म सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिन त्यसका लागि प्रधानमन्त्री, उपप्रधानमन्त्री, रक्षामन्त्री, सबै समन्वयकारी मन्त्रालय, मुख्यसचिव एकपटक सबैसँग बसेर हामी छलफल गरेर यसलाई छिटोभन्दा छिटो सम्पन्न गर्न निर्देशन दिने ।

राष्ट्रिय गौरवका आयोजनाहरुको हकमा पूरक वातावरणीय शुन्य मूल्यांकन समयसिमा तोकि उक्त अवधिभित्र स्वीकृत गरी रुख कटान तथा जग्गा प्राप्ति लगायतका कार्यमा समयमै सम्पन्न गर्न आवश्यक सहजीकरण गरिदिन वन मन्त्रालय तथा अर्थ मन्त्रालयलाई निर्देशन दिने ।

राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्नका लागि सबै पक्षबाट प्राथमिकता दिई आवश्यक सहयोग गर्न नेपाल सरकार, प्रधानमन्त्री कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, वन, वातावरण मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र यातायात मन्त्रालयलाई समन्वय गर्न निर्देशन दिने ।

द्रुततर निर्माण सम्बन्धमा नेपाली सेनाबाट अनुरोध भए बमोजिमको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट उपलब्ध गराउनुपर्ने आवश्यक प्राविधिक तथा अन्य सहयोग समयमै उपलब्ध गराउन भौतिक तथा पूर्वाधार मन्त्रालयलाई निर्देशन दिने । र अरु भइरहेका कामहरुलाई अगाडी बढाउने ।

सबै राष्ट्रिय गौरवका योजनाहरुका बारेमा भौगोलिक परिस्थिति, रणनीतिक दृष्टिकोणसँग महत्वपूर्ण सडक भएकाले नेपाली सेनालाई जिम्मेवारी दिएको करिडोर सडकहरुसँग नेपाली सेनाको जनशक्ति, उपकरण केही समय प्रयोगविहिन रहेको र क्षमता अनुरुप प्रयोग गर्न नसकिएकोले अर्थ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयलाई आवश्यकता अनुसारको बजेट व्यवस्थापन गर्न निर्देशन दिने ।

द्रुततर मार्गमा काम गर्ने ठेकेदार र निर्माण कम्पनीहरुको बारेमा उठेको विवादको सम्बन्धमा रक्षा मन्त्रालयलाई एउटा पत्र पठाउने । त्यसैगरी नेपाली सेनाले द्रुततर निर्माण कार्यमा निरिक्षणका लागि गरेको आग्रहलाई ध्यानमा राख्दै समितिले नेपाली सेनासँग समन्वय गरी उपयुक्त समयमा भ्रमण गर्ने र नेपाली सेनाको मुख्यालयमा जाने ।

द्रुततर मार्ग लगायत अन्य विषयमा उठेका हकमा सरोकार मन्त्रालय, प्रधानमन्त्री, उपप्रधानमन्त्री, वन मन्त्री, यायातात मन्त्री, अर्थमन्त्री, भुमिसुधार मन्त्री समेत सरोकारवालासँग संयुक्त बैठक राख्ने निर्णय गरौँ ।’

बैठकले द्रुततर मार्गमा काम गर्ने ठेकेदार र निर्माण कम्पनीहरुको बारेमा उठेको विवादको सम्बन्धमा रक्षा मन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको छ । त्यस्तै नेपाली सेनाले द्रुतमार्ग निरिक्षणका लागि समितिलाई बोलाएकाले उपयुक्त समयमा द्रुतमार्गको भ्रमण गर्ने र नेपाली सेनाको मुख्यालय जाने निर्णय पनि गरेको छ ।