२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल अक्सनः डेरिल मिचेललाई चेन्नईले १४ करोडमा किन्यो



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सन दुबईमा जारी छ ।

न्यूजिल्याण्डका अलराउन्डर डेरिल मिचेलका लागि पञ्जाब किंग्स र चेन्नई सुपर किंग्सबीच बोलीको युद्ध चलेको थियो ।

दुवै टोलीले १२ देखि १३.७५ करोड रुपैयाँसम्म बोली लगाए । तर, चेन्नईले मिचेललाई १४ करोडमा टोलीमा भित्र्यायो ।