२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलुखुम्बुको महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’



अ+ अ-

महभिर । सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दुधकोशी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको छ ।

रक क्लाइम्बिङमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्र्न माप्य दुधकोशी गाउँपालिका वडा नं ५ महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको हो । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल ९टान०को सहकार्यमा निर्माण गरिएको उक्त ‘रक क्लाइम्बिङ सेन्टर’ आज विश्वको सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गर्ने विश्वकिर्तिमानी आरोही कामीरिता शेर्पाले शुभारम्भ गर्नुभयो ।

रक क्लाइम्बिङ सेन्टरको शुभारम्भ गर्दै विश्वकिर्तिमानी आरोही शेर्पाले नेपालमा थुप्रै डाँडाहरु रक क्लाइम्बिङका लागि उत्कृष्ट भएको बताउनुभयो । “नेपालका डाँडाहरुलाई विश्वमा बेच्न सके पर्यटन क्षेत्रमार्फत नेपालमा राम्रो आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

कोशी प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बु पर्यटकका लागि राम्रो सम्भाव्यता बोकेको जिल्ला भएकाले यसको विकासका लागि केन्द्रदेखि प्रदेश हुँदै स्थानीय सरकार लाग्नुपर्ने बताउनुभयो ।

ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोलाले पछिल्लो समय स्थानीय तहले जथाभावी मोटर बाटो खन्दै जाँदा पदमार्ग हराउँदै गएको बताउनुभयो । उहाँले सोलुखुम्बुमा पर्यटकलाई आकर्षण गर्न प्रकृति र संस्कृतिलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभयो ।

माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले सडक बाटो हुँदै सगरमाथा क्षेत्र घुम्न जाने पर्यटकलाई रक क्लाइम्बिङप्रति आकर्षण गर्ने उदेश्यले ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको बताउनुभयो । उहाँले उक्त ‘रक क्लाइम्बिङ सेन्टर’लाई अन्तर्राष्ट्रिय तालिम सेन्टरका रुपमा विकास गर्न गाउँपालिका लाग्ने बताउनुभयो ।

टानका महासचिव विनोद सापकोटाले पछिल्लो समय टानले विभिन्न स्थानीय सरकारसँग मिलेर नयाँ पदमार्ग खोज्दै त्यसलाई ‘ब्राण्डिङ’ गर्न लागेको बताउनुभयो । सो अवसरमा विभिन्न रक क्लाइम्बरहरुले रक क्लाइम्बिङ गर्नुभएको थियो ।

माप्य दुधकोशी गाउँपालिकाले तीन दिन पहिलेमात्र उक्त गाउँपालिकामा ‘एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग’ निर्माण गरि शुभारम्भ गरेको थियो । उक्त पदमार्ग चार रात पाँच दिनको रहेको छ । रासस