• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा

मलेसियामा साथीको हत्या गरी फरार रहेका नेपाली युवक पक्राउ



काठमाडौँ । मलेसियामा साथीको हत्या गरेर फरार रहेका एक नेपाली युवक पक्राउ परेका छन् ।

साथीको हत्या गरी पक्राउ पर्नेमा महोत्तरीको गौशालाका अनिलकुमार साह रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “साहले गएको मङ्सिर २५ गते झापाका धनबहादुर प्रधानको हत्या गरेका र हत्यापछि भागेर नेपाल आएको, प्रधानको शव नेपाल ल्याइएपछि हत्या गरेको भन्ने उजुरी परेपछि निजलाई पक्राउ गरिएको हो ।”

मुलुकी अपराध संहितामा रहेको बहुक्षेत्रीय अधिकारसम्बन्धी प्रावधानअनुसार पक्राउ परेका साहविरुद्ध नेपालमै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान र अभियोजन हुने प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले जानकारी दिनुभयो । रासस