• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

रियल मड्रिडको सहज जित



एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले सहज जित निकालेको छ । गएराति भएको खेलमा रियलले भिल्लारियललाई ४-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा रियललाई जित दिलाउन जुड बेलिंघम(२५), रोड्रिगो(३७), ब्राहिम डियाज(६४) र लुका मोड्रिच (६८) गोल गरे । यता भिल्लारियलका जोसे लुइस मोरालेस (५४) एक गोल फर्काए ।

जितसँगै रियल १७ खेलबाट ४२ अंकका साथ तालिकाको शीर्षस्थानमा उक्लिएको छ । भिल्लारियल भने १६ अंकका साथ १४ औं स्थानमा छ ।