११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री जोशीको सम्मानमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले दिवंगत नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ।

सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले  जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने निर्णय गरेको हो ।

कांग्रेसले तीन दिन शोकसभा बाहेक कार्यक्रम पनि नगर्ने भएको छ । यस्तै, १३ दिनसम्म सबै पार्टी कार्यालयमा पुस्तिका राख्ने बैठकले निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले शोक प्रस्ताव पनि पारित गरेको थियो ।  

जोशीप्रति एक मिनेट मौनधारण गरि बैठक सकाइएको हो ।

यता विराटनगरमा रहनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेल मौसमी खराबीका कारण बैठकमा उपस्थित हुन सक्नुभएन।