२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत

संसदलाई जीवन्त र जनमुखी बनाउन प्रयास गरिरहेको छुः सभामुख

संसदलाई जीवन्त र जनमुखी बनाउन प्रयास गरिरहेको छुः सभामुख
अ अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताउनुभएको छ । 

शनिबार संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेसनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौति थपेको बताउनुभएको हो । तर पनि ठूलाठूला बहसपछि संसदले गति लिन थालेको बताउँदै अव जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास दिलाउनुभयो । 

गत पुस ५ गते देखि फागुन ११ गते सम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको पनि बताउनुभयो । निकै उतारचढाव र महान बहसपछि अहिलेको अवस्थासम्म आइपुगेको र यो बीचमा समुन्द्र मन्थन भई संसदले पुनः गति लिएको बताउनुभयो । तर अझैपनि बहस नसकिएको सभामुख सापकोटाले बताउनुभयो । 

उहाँले भन्नुभयो ‘अहिले हामी एउटा महान बहसको प्रक्रियाबाट गुज्रिएर यहाँसम्म आईपुगेका छौं । पहिला पहिला भनिने गथ्र्यो समुद्र मन्थन, त्यस्तै गरी हामीले एउटा समुद्र मन्थन जस्तै गरी धेरै ठूलो बहस गर्यौँ । त्यो बसहको बिचबाट फेरी नेपालीहरुले पहलकदमी लिए र सफलता पनि हासिल गर्दैछन् । तर सफलता र फेरी त्यसपछि यी समस्याहरु अगाडि जाँदै गर्छन तपाई अन्तिम संस्लेसनमा विचार गर्नुहुन्छ भने पुग्नुहुन्छ भने फेरी यसले गति नै लिएको छ । यसले सही निष्कर्ष तिर नै पु¥याउँछ । हाम्रो बहस जारी छ ।’

संसदमा जनअपेक्षा अनुसार काम नभएको स्वीकार पनि सभामुख सापकोटाले गर्नुभयो । उहाँले भन्नुभयो ‘अहिले अलिकति अपेक्षाकृत ढङ्गले संसदले सिङ्गो राष्ट्रको, जनताको अपेक्षा पुरा गर्ने काममा प्रभावकारी भूमिका खेल्न सकेको छैनकी भन्ने खालको अथवा अलिकति सभामुखले पहलकदमी बढाउनुपर्छ भन्ने सुझाव भित्र, बाहिर, यहाँ सबैतिरबाट तपाईहरुले उठाउनुभएको छ त्यसलाई म उच्च सम्मान गर्छु ।’ तरपनि राष्ट्रियताको सवालमा संसदले अद्भुत एकता प्रदर्शित गरेको र ठूला ठूला सामस्याहरुको समाधान गरेको पनि बताउनुभयो ।

संसद बहसको थलो भएकाले त्यहाँ व्यक्त हुने विचारप्रति सद्भाव रहने पनि सभामुख सापकोटाले प्रष्ट पार्नुभएको छ । अहिले केही अन्योलता देखिएपनि निराश हुन पर्ने स्थिति नरहेको उहाँले बताउनुभयो । ७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि प्र्रश्न उठिरहेको उल्लेख गर्दै यसको रक्षाका लागि अझै एक सय वर्ष लडन तयार हुनुपर्ने पनि सभामुख सापकोटाले बताउनुभयो । 

उहाँले भन्नुभयो ‘हामीले धेरै चिन्तित हुनुपर्ने, निरास हुनुपर्ने कुरा छैन । किनभने समस्याहरु आउँछन । निकै ठूलाठूला समस्या पनि आउँछन चुनौतिपनि आउँछन । यो बहस, बादविवाद संवाद हुँदै फेरी अन्तिम निष्कर्षमा ठिक हुन्छ । फरकै छैन । मुख्य कुरा बहस हो । बहस भयो कि भएन रु बहस भएको छ । एकदम बिहङ्गम बहस भएको छ । महान बहस भएको छ । भ्रमहरु फैलिएका छन भनेपनि हामी धेरै चिन्तित हुनुपर्दैन । 

भयानक भ्रमहरुबाट महान सत्यको जन्म हुन्छ । त्यसकारण हामीले ७० वर्ष संघर्ष गरेर ल्याएको लोकतन्त्र हामीले भनिरहेका छौं अहिले हामीलाई कता कता त्यो लोकतन्त्र विकास विस्तार र सुदृढ भएन भन्ने जस्तो लागिरहेको छ ।

हामी किन राष्ट्रको जीवनमा त्यति साँधुरो ढङ्गले सोच्छौं । ७० वर्ष होइन अर्को सय वर्ष पनि लडन पर्ने हुनसक्छ । अर्को सय वर्षपनि संघर्ष गर्नपर्ने हुनसक्छ । त्यसकारण हामीले राष्ट्रको जीवनलाई हाम्रो व्यक्तिको जीवनसित जोडेर समय सिद्धिन लाग्यो धेरै भयो भनेर हामीले नसोचौं । चिन्तित हुनुपर्नेकुरा छैन । जे हुँदैछ ठिकठिक हुँदैछ ।’
नोटः यस समाचारको भिडियो बाइट र भिडियो फुटेज सर्भरमा उपलब्ध छ । आफ्नो अनुकुलतामा प्रयोग गर्नुहोला ।