७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

विकास र समृद्धिमा लाग्नुपर्नेमा राजनीतिक मुद्दामै अल्झियौँः सञ्चारमन्त्री शर्मा

विकास र समृद्धिमा लाग्नुपर्नेमा राजनीतिक मुद्दामै अल्झियौँः सञ्चारमन्त्री शर्मा
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि केन्द्रित हुनुपर्नेमा मुलुक अझै पनि राजनीतिक एजेण्डामै अल्झिरहेको टिप्पणी गर्नुभएको छ । गोरखापत्र संस्थानको प्रकाशन ‘दि राइजिङ नेपाल’को ५८औँ वार्षिकोत्सवका अवसरमा मन्त्री शर्माले अबको मुद्दा विकास र समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

“विकास र समृद्धिमा लाग्नुपर्नेमा हामी अहिले पनि राजनीतिक मुद्दामै केन्द्रित भइरहेका छौँ । राजनीतिक दल, जनवर्गीय सङ्गठन लगायतले यो कुरा बुझ्न जरुरी छ । अहिले राजनीतिक परिवर्तनको मुद्दामा छैनौँ”, उहाँले भन्नुभयो । उहाँले सञ्चारमाध्यमले पनि जिम्मेवारीपूर्वक भूमिका बहन गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय सूचना–प्रविधि र सामाजिक चेतनामा आएको परिवर्तनका आधारमा हामी अगाडि बढ्न सक्नुपर्ने उहाँको भनाइ थियो ।

“जनताको चाहना र आकाङ्क्षा सरकारसम्म पु¥याउने र सरकारले गरेका कामको जानकारी सर्वसाधारणलाई गराउने जिम्मेवारी सञ्चारमाध्यामको हो”, मन्त्री शर्माले भन्नुभयो, “सरकारी सञ्चारमाध्यमले सरकारको गुणगान मात्रै गाउँछन् भन्ने बुझाइ चिर्न जरुरी छ । जनताका आशा, अपेक्षा, गुनासाबारे सरकारलाई जानकारी दिने, जनताका आवाज बुलन्द गर्न सक्नुपर्ने र समाजमा जनचेतना फैलाउन सक्नुपर्छ ।”

सरकारी सञ्चारमाध्यम र त्यसमा पनि छापामाध्यमले दिने सामग्रीमा सुधार गर्न सकिएन भने अहिलेको डिजिटल युगमा प्रतिस्पर्धा गर्न नसकिने उहाँको भनाइ छ । मन्त्री शर्माले अब सरकारी सञ्चारमाध्यमले विशिष्टिकृत सामग्री उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो । कुनै क्षेत्रगतरुपमा नेतृत्व गर्ने गरी समाचार सामग्री दिन सकेमा मात्रै छापामाध्यमले आफ्नो अस्तित्व जोगाउन सक्ने उहाँको बुझाइ थियो ।

“अहिले नेपाली युवा विभिन्न बाहनामा विदेशिनेक्रम बढेको छ । यस्तो अवस्थामा सञ्चारमाध्यमले देशमै बसेर केही गर्न सकिन्छ भनेर सामग्री सम्प्रेषण गर्न आवश्यक छ”, शर्माले भन्नुभयो, “अन्तर्राष्ट्रिय मञ्चमा नेपाल सहभागी हुँदै गर्दा आफ्नो आवाज के हो भनेर उठाउने, असुरक्षित वैदेशिक रोजगारका विषय उठाउनेलगायत विशिष्टीकृत सामग्री आउनसके प्रतिस्पर्धा गर्न सकिन्छ ।”

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले गोरखापत्र एक सक्षम सार्वजनिक संस्थानका रुपमा अघि बढ्न सक्नुपर्ने बताउनुभयो । संस्थानअन्तर्गतका प्रकाशनमा आबद्ध सञ्चारकर्मीको क्षमता अभिवृद्धि गरी गुणस्तरीय समाचार सामग्री उत्पादनमा ध्यान दिनसक्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । “अन्तर्राष्ट्रिय जगत्मा नेपालबारे सही बुझाइ र भाष्य स्थापित गर्न ‘दि राइजिङ नेपाल’को महत्वपूर्ण भूमिका छ । आगामी दिनमा देशभित्रको आर्थिक, सामाजिक सांस्कृतिक कुरा, अतिकम मुलुकका रुपमा नेपालले उठाउनुपर्ने मुद्दा, रुपमा जलवायु परिवर्तनका मुद्दा, ‘डिजिटल डिभाइड’का विषय पनि उठाउनुपर्ने देखिन्छ”, सचिव राउतले भन्नुभयो ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा पत्रकारिता पेसामाथि चुनौती थपिएको बताउनुभयो । “आम सर्वसाधारणालाई पत्रकारिता के हो ? र पत्रकार को हुन् ? भन्ने बुझाउन सकिएको छैन । सही सूचना कसरी प्राप्त गर्न सकिन्छ भन्नेबारेको सञ्चारमाध्यम साक्षारतामा हामी कमजोर छौँ । यो हाम्रा लागि चुनौतीको विषय हो”, सुवेदीले भन्नुभयो ।

गोरखापत्र संस्थान पूर्वाधारका हिसाबले निकै कमजोर रहेकाले सहयोगका लागि उहाँले सरकारसँग आग्रहसमेत गर्नुभयो । “सरकारलाई गुण लगाउँदै आएको र सेवा गर्दै आएको संस्थानको भौतिक संरचना राम्रो छैन । भूकम्पपछि भूगोल पार्कमा रहेको भवन जोखिमपूर्ण भनिएकामा अहिले पनि कर्मचारीले सोही जीर्ण भवनमा बसेर काम गरिरहनु परेको छ । संस्थानको भवन पुनःनिर्माणका लागि सरकारसँग सहयोगका लागि आग्रह गर्दछु”, उहाँले भन्नुभयो । पछिल्ला वर्षमा गोरखापत्र संस्थानअन्तर्गतका प्रकाशनको विज्ञापन र बिक्रीबापतको आम्दानी बढेको पनि उहाँले जानकारी दिनुभयो ।

नेपालको पहिलो अङ्ग्रेजी ब्रोडसिट दैनिक ‘दि राइजिङ नेपाल’ अङ्ग्रेजी पत्रकारिताको प्रतिष्ठित पाठशालाका रुपमा रहेको र यसले नेपालको संस्कृतिलाई विश्व समुदायसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलिरहेको उहाँको भनाइ छ ।

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र र ‘दि राइजिङ नेपाल’ दैनिक विशेष राजनीतिक परिस्थितिमा स्थापना भएको उल्लेख गर्नुहुँदै यी प्रकाशनको विशिष्ट शैली र उद्देश्य रहेको बताउनुभयो । त्यस्तै, पछिल्लो समय पत्रकारिताका आयाम र तौरतरिका फेरिँदै गएको उल्लेख गर्नुहुँदै उहाँले समायानुकूल हुने गरी सुधार गर्दै जानुपर्ने बताउनुभयो ।

“अब सूचना दिनुमात्रै पत्रकारिता हो भन्ने बुझाइमा परिवर्तन गर्न आवश्यक छ । नागरिकले के चाहन्छन् भनेर बुझिएन भने पत्रकारिता नै नरहने अवस्था आउँदैछ । पत्रकारिताको फेरिँदो आयामलाई समातेर जान सकिएन भने हामीलाई चुनौती छ”, उहाँले भन्नुभयो । डिजिटल प्रविधि क्षेत्रको विकास र डिजिटल सञ्चारमाध्यमको विस्तार हुँदै जाँदा अहिले छापामाध्यम ओझेल हुँदै गएको उहाँको भनाइ छ । रासस