७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट पार्टीहरुले नै ओली सरकारलाई समर्थन गर्ने, दोष भने हामीलाईः महन्थ ठाकुर



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले कम्युनिष्ट पार्टीहरुले नै केपी ओलीको सरकारलाई समर्थन गर्ने तर दोश आफूहरुमाथि लाग्ने गरेको बताउनु भएको छ ।  

बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष  ठाकुरले ओली सरकारमा भएका कारण आफूहरुका माग पुरा गराउन ओलीसँग कुरा गरेको पनि प्रष्ट पार्नुभयो । उहाँले आफ्नो दलले माओवादी केन्द्रको विरोध नगरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अहिले स्वार्थको लडाई भइरहेको छ कम्युनिष्ट पार्टी भित्र । त्यसमा हामीलाई किन उ गर्ने । तपाई अविश्वासको प्रस्ताव भन्नुहुन्छ । आफ्नो पार्टीमा अविश्वासको प्रस्ताव ल्याएर त्यसको समाधान गर्नुहोस न । त्यो भइरहेको छैन ।’ उहाँले प्रचण्डको र आफूहरुको पीडा फरक रहेको पनि बताउनुभयो ।