• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

फिल्म हेर्न आग्रह गर्दै शाहरुख खानले गरे ‘डंकी’को नयाँ पोस्टर सार्वजनिक



एजेन्सी । शाहरुख खानको बहुप्रतिक्षित बलिउड फिल्म ‘डंकी’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । शाहरुख खानले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेका हुन् ।

शाहरुखले आफ्नो फ्यानहरूलाई फिल्म हेर्न आग्रह गर्दै नयाँ पोस्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा तापसी पन्नु, वीक्की कौशल, विक्रम कोचर र अनिल ग्रोवर पनि देखिएका छन् ।

आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा डङ्कीको पोस्टर सेयर गर्दै शाहरुख खानले एउटा विचित्र क्याप्शन लेखेका छन्, ‘केहदो अपने पापा, मम्मी, चाचा, चाची, मामा, मौसी, दादी और बेबे से। ६ दिन के बाद अपना जैसे लगने वाले इन नमुनो से मिलने जरुर आना। तो जी २१ को मिलना करलो फिक्स, दिन बचा है मात्र छ !’

राजकुमार हिरानीको निर्देशनमा बनेको यो चलचित्रले यसअघि नै प्रोमो र गीत रिलिजका लागि दर्शकमाझ चर्चा पाइरहेको छ ।

यो क्रिसमसमा रिलिज हुने ‘डंकी’ शाहरुख खानको प्रोडक्सन कम्पनी ‘रेड चिलीज इन्टरटेनमेन्ट’को ब्यानरमा गौरी खानले निर्माण गरेकी हुन् । चलचित्र डिसेम्बर २२ मा हलमा रिलिज हुनेछ । फिल्मले प्रभासको ‘सालार’सँग बक्स अफिसमा भिडन्त गर्नेछ ।