६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा News Polar भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु News Polar डाटा सेन्टरको प्राविधिक समस्यापछि नेप्सेमा कारोबार स्थगन भएकोबारे अध्ययन गर्न धितोपत्र बोर्डको निर्देशन News Polar फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट News Polar कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार News Polar आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार News Polar परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता News Polar अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल News Polar न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता News Polar पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल News Polar सेखुवाका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची News Polar एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने News Polar घुम्ती गोठमा रमाएका टीकाजीत News Polar शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

फिल्म हेर्न आग्रह गर्दै शाहरुख खानले गरे ‘डंकी’को नयाँ पोस्टर सार्वजनिक

फिल्म हेर्न आग्रह गर्दै शाहरुख खानले गरे ‘डंकी’को नयाँ पोस्टर सार्वजनिक
अ+ अ-

एजेन्सी । शाहरुख खानको बहुप्रतिक्षित बलिउड फिल्म ‘डंकी’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । शाहरुख खानले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेका हुन् ।

शाहरुखले आफ्नो फ्यानहरूलाई फिल्म हेर्न आग्रह गर्दै नयाँ पोस्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा तापसी पन्नु, वीक्की कौशल, विक्रम कोचर र अनिल ग्रोवर पनि देखिएका छन् ।

आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा डङ्कीको पोस्टर सेयर गर्दै शाहरुख खानले एउटा विचित्र क्याप्शन लेखेका छन्, ‘केहदो अपने पापा, मम्मी, चाचा, चाची, मामा, मौसी, दादी और बेबे से। ६ दिन के बाद अपना जैसे लगने वाले इन नमुनो से मिलने जरुर आना। तो जी २१ को मिलना करलो फिक्स, दिन बचा है मात्र छ !’

राजकुमार हिरानीको निर्देशनमा बनेको यो चलचित्रले यसअघि नै प्रोमो र गीत रिलिजका लागि दर्शकमाझ चर्चा पाइरहेको छ ।

यो क्रिसमसमा रिलिज हुने ‘डंकी’ शाहरुख खानको प्रोडक्सन कम्पनी ‘रेड चिलीज इन्टरटेनमेन्ट’को ब्यानरमा गौरी खानले निर्माण गरेकी हुन् । चलचित्र डिसेम्बर २२ मा हलमा रिलिज हुनेछ । फिल्मले प्रभासको ‘सालार’सँग बक्स अफिसमा भिडन्त गर्नेछ ।