२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण

ओखरपौवा सिसडोलमा उपत्यकाको फोहोर विसर्जन गर्न अवरोध

ओखरपौवा सिसडोलमा उपत्यकाको फोहोर विसर्जन गर्न अवरोध
अ अ+ अ-

काठमाडौं । नुवाकोटको ओखरपौवा स्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयले काठमाडौं उपत्यकाको फोहोर मैला विसर्जन गर्न अवरोध गरेका छन् । 

काठमाडौं महानगरपालिका लगायत उपत्यका १८ वटा नगरपालिकासँग यस अघि भएको सबै सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएसम्म फोहोर बिसर्जन गर्न नदिने स्थानीयहरुले बताएका छन् । फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बसिन्दाहरुले चैत १३ गते यता सडकमा विरोध प्रदर्शन गर्दै फोहोर बिसर्जन गर्न दिएका छैनन् ।

उनीहरुले ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दि उपलब्ध गराउने नेपाल सरकारका मुख्य सचिव र स्थानीयसँग भएको सम्झौता र २०७७ कात्तिक ५ गते काठमाडौं महानगरपालिकाको ५२ औं कार्यपालिकाको बैठकबाट भएको निर्णय कार्यान्वयन नभएसम्म सिसडोल साइटमा फोहोर बोकेका गाडि प्रवेश गर्न नदिने बताएका हुन् ।

विरोध प्रदर्शनमा उपस्थित हुनुभएका नुवाकोट जिल्ला, ककनी गाउँपालिका वडा नं. ३ का अध्यक्ष घननाथ बजगाईंले यसअघि भएका सम्झौता कार्यान्वयन नभएसम्म फोहोर बिसर्जन गर्न नदिने बताउनुभयो । फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समितिका अध्यक्ष अनिश शर्मा ढुङ्गानाले आफूहरुको माग एक दुई दिनमा पुरा नभए सबै विद्यालयका विद्यार्थीलाई सडकमै ल्याएर पढाउने चेतावनी दिनुभयो ।

विरोध प्रदर्शनमा उपस्थित रहनु भएका ककनी गाउँपालिका वडा नं. २ का अध्यक्ष केदार पौडेल, वडा नं. १ का अध्यक्ष चन्द्रबहादुर बलामी, फोहोर मैला व्यवस्थापन सरोकार समितिका अध्यक्ष नवराज ढुंगाना र स्थानीयहरुले ३ वर्षका लागि फोहोर व्यवस्थापन गर्न भएको सम्झौताको कार्यान्वयन १५ वर्ष भइसक्दा समेत पुरा नभएको बताएका छन् । अव्यवस्थित फोहोर बिसर्जन हुँदा वातावरणमा प्रभाव परेको, स्वास्थ्यमा प्रतिकुल असर परेको,  सम्झौताहरु कार्यान्वयन नभएको र आफूहरुलाई राज्यले नागरिकको दर्जा समेत नदिएको गुनासो पनि प्रदर्शनकारीहरुको छ ।

सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दि उपलब्ध गराउने, सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने लगायतका सम्झौतहरु तत्काल कार्यान्वयन गर्नुपर्ने माग प्रदर्शनकारीहरुको छ । सरकारसँग पटकपटक सम्झौता हुने तर कार्यान्वयनका लागि चासो नदिने भएपछि आफूहरु आन्दोलनमा उत्रिनुपरेको पनि उनीहरुले बताएका छन् । नुवाकोट ककनी गाउँपालिका वडा नं. १, २ र ३ का १६ वटा विद्यालयहरुमा आवश्यक तहगत र विषयगत शिक्षक दरबन्दि पुरा नगरेसम्म फोहोर मैला व्यवस्थापन गर्ने कार्य चैत १३ गते देखि पूर्णरुपमा बन्द गरिएको सङ्घर्ष समितिले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।