१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाघको छालासहित एकजना पक्राउ



अ+ अ-

कैलाली । मोहन्याल गाउँपालिका-७ स्थित पितमारी बजारबाट बाघको छाला १ थान, खप्पर १ थान, बंगरा १ थान र जुंगा सहित दैलेख आठबिस नगरपालिका-३ बस्ने ४९ वर्षीय बिनी प्रसाद जैशीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा संघीय प्रहरी इकाई कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरीले उनलाई शंकास्पद अवस्थामा फेला पारी उनको झोला जाँच गर्दा उक्त छाला लगायतका वस्तु फेला पारी पक्राउ गरेको हो ।

बरामद सामान सहित उनलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय चिसापानी बुझाइएको संघीय प्रहरी इकाई कार्यालय धनगढीले जनाएको छ ।