८ पुष २०८२, मंगलवार
,
Latest
कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला रेनुलाई राखेपको बधाई राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान काँग्रेस सांसद मिश्रको प्रश्नः संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ ? आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदनः जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाघको छालासहित एकजना पक्राउ



अ+ अ-

कैलाली । मोहन्याल गाउँपालिका-७ स्थित पितमारी बजारबाट बाघको छाला १ थान, खप्पर १ थान, बंगरा १ थान र जुंगा सहित दैलेख आठबिस नगरपालिका-३ बस्ने ४९ वर्षीय बिनी प्रसाद जैशीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा संघीय प्रहरी इकाई कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरीले उनलाई शंकास्पद अवस्थामा फेला पारी उनको झोला जाँच गर्दा उक्त छाला लगायतका वस्तु फेला पारी पक्राउ गरेको हो ।

बरामद सामान सहित उनलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय चिसापानी बुझाइएको संघीय प्रहरी इकाई कार्यालय धनगढीले जनाएको छ ।