८ आश्विन २०८१, मंगलवार
,
Latest
श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम जलवायु परिवर्तनका असर न्युनिकरण गर्न तीन तहका सरकारबीच समन्वय जरुरी: मुख्यमन्त्री सिंह कार्यवाहक प्रधानमन्त्री सिंह र शहरी विकास मन्त्रालयका सचिव गेलालबीच कार्य सम्पादन सम्झौता दुर्गा प्रसाईंको रिटमा कारण देखाउ आदेश जारी झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन नेपालको अर्थतन्त्रमा सुधारको सङ्केत: आईएमएफ चोटका कारण स्वर्ण जित्न असहज भयो– एरिका गुरुङ तल अधिकार नदिने हो भने संघीयता हटाइदिए हुन्छ: डा. शेखर कोईराला कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिपोर्टर्स क्लब नेपालद्धारा यो वर्ष दिईने पुरस्कारहरू घोषणा, मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार गुरागाईँलाई



अ+ अ-

काठमाडौं । रिपोर्टर्स क्लब नेपालले यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रालीका कार्यकारी अध्यक्ष/सञ्चालक गोपाल गुरागाईँलाई प्रदान गर्ने भएको छ ।  

रिपोर्टर्स क्लब नेपालको २३औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंको राष्ट्रियसभा गृहमा यही चैत्र १७ गते दिउँसो १२ः३० बजे आयोजना हुने विशेष समारोहमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुरस्कार प्रदान गर्नुहुनेछ ।

नेपाली राजनीतिका चर्चित हस्ती, जनताको बहुदलीय जनवादका प्रणेता, विचारक एवं कुशल वक्ता नेकपा (एमाले) का पुर्व महासचिव मदनकुमार भण्डारीको स्मृतिमा स्थापित यो पुरस्कारको राशि १ लाख रुपैयाँको छ । गुरागाईँ विगत तीन दशकभन्दा अघिदेखि पत्रकारितामा सक्रिय छन् ।

त्यस्तै, यो वर्षको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्साल र नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक शालिक सुवेदीलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि ५० हजार रहेको छ ।

यसैगरी, यो वर्षको कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरिने भएको छ । पण्डित विगत साँढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । यो पुरस्कारको राशी ४० हजार रुपैयाँ रहेको छ ।

यसैगरि कृष्णसेन ईच्छुक स्मृति पत्रकारिता पुरस्कार ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्लेलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । वाग्ले ३५ वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।

त्यस्तै, यो वर्षको सहिद जगदजंगप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका राजनीतिक व्युरो–चिफ बालकृष्ण अधिकारीलाई प्रदान गरिने भएको छ । अधिकारी विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । अधिकारीलाई दिईने पुरस्कारको राशि २५ हजार रहेको छ ।

यसैगरी, यो वर्षको उमा सिंह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी वरिष्ठ उप–सम्पादक बिनु सुवेदीलाई प्रदान गरिने भएको छ । सुवेदी विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छिन् । सुवेदीलाई दिईने पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

यसैगरी यस वर्षको बाबुछिरी फोटो पत्रकारिता पुरस्कार रिपोर्टर्स नेपाल डटकमकका फोटो पत्रकार मुकुन्द कालिकोटेलाई प्रदान गरिने भएको छ । कालिकोटे विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनलाई दिईने यो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, यो वर्षको वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार एबिसी टेलिभिजनका उप–सम्पादक अनन्त अनुरागलाई प्रदान गरिने भएको छ । अनुरागलाई प्रदान गरिने उक्त पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । अनुराग विगत डेढ दशक भन्दा बढि समयदेखि पत्रकारितामा सक्रिय छन् ।

यस्तै, यो वर्षको उत्कृष्ट युवापत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका उप–सम्पादक जीवन भण्डारी, डिसी नेपाल डटकमका सह–सम्पादक मदन कोइराला, प्राईम टाईम्स टेलिभिजनका उपसम्पादक दिपक अर्याललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि जनही २० हजार रुपैयाँ रहेको छ ।