८ पुष २०८२, मंगलवार
,
Latest
कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला रेनुलाई राखेपको बधाई राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान काँग्रेस सांसद मिश्रको प्रश्नः संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ ? आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदनः जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा इनारमा डुबेर बालकको मृत्यु



अ+ अ-

तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा आज सात वर्षीय बालकको डुबेर मृत्यु भएको छ । सोही स्थान निवासी देउबहादुर गागा मगरका छोरा डिक्सनको इनारमा डुबेर मृत्यु भएको हो । स्थानीयले पानी प्रयोग गर्न खनेको इनारमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इनारमा डुबेर सख्त घाइते भएका बालकको उपचारको लागि दमौली अस्पतालमा पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । 

त्यसैगरी व्यास नगरपालिका–२ गणेशमान चोकमा एक बालकलाई ठक्कर दिएर फरार भएको पल्सर मोटरसाइकललाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको व्यास नगरपालिका–१३ बेनीकोट घर भएका तीन वर्षीय रोनिक थापालाई ठक्कर दिई फरार रहेको लु ७० प ७९३० नम्बरको पल्सर प्रहरीले नियन्त्रणमा लिएको हो । 

ठक्करबाट सख्त घाइते भएका ती बालकको पोखरास्थित गण्डकी मेडिकल सेन्टरमा उपचार भैरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।