२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण

बालुवाटार जान मन मान्दैन, पेरिसडाँडा जान कानूनले दिदैन

बालुवाटार जान मन मान्दैन, पेरिसडाँडा जान कानूनले दिदैन
अ अ+ अ-

पछिल्लो राजनीतिक घटनाक्रममा सबैभन्दा चेपमा पर्नुभएको छ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल । जसरी मुलुकको राजनीति मछुवाको पेरुङगोमा परेको माछाजस्तै छट्पटाएको छ, उहाँको मनको हरहालत पनि सायद त्यस्तै होला । मन चञ्चल छ, बाटो ‘क्लियर’ छैन । परिस्थितिले यस्तै भन्दैछ– कोटेश्वरमा धेरै दोबाटोहरु छन् ।  

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग सम्बन्ध बिग्रदै गएपछि तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग सहकार्यको गाँठो कसिलो पार्दै आउनुभएका नेपाललाई फाल्गुण २३ गते सर्बोच्च अदालतले अन्यत्रै पुर्याइदिएको छ । सायद उहाँको राजनीतिक जीवनमा यो निर्णयले कम्तीमा एक हजार भोल्टको विद्युतीय झट्का दिएको हुनुपर्छ ।  

फागुन २३ गते साँझ निरस मुद्रामा भारी मन लिएर माओबादी केन्द्रको मुख्यालयबाट बाहिरिनुभएका नेपाल यति बेला राजनीतिको चौबाटोमा उभिन बाध्य हुनुहुन्छ । अदालतको आदेशलाई अस्वभाविक भन्दै आउनुभएका नेपालले "बृहत नागरिक आन्दोलन"ले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अदालतको फाल्गुन २३ गतेको निर्णयलाई संकेत गर्दै  आफूलाई प्रतिगमनकारी केपी ओलीकै पार्टीमा जान बाध्य पारिएको र त्यहाँ बस्न अप्ठेरो लागिरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो ‘दुःखका साथ भन्नुपर्छ अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो त्यसको विरुद्धमा तपाइहरु संघर्षको मैदानमा हुनुहुन्थ्यो । आज म अप्ठेरो महसुस गर्दैछु त्यही पार्टीमा मलाई फेरि सर्वोच्च अदालतले घोक्र्याएर पठाईदिएको छ । सर्वोच्च अदालतले विचित्रको फैसला गरेको छ ।’ 

उहाले भन्नुभयो आफूलाई घोक्र्याएर पार्टीमा फर्काइएको टिप्पणी गर्नुभएको छ । यसबीचमा नेकपा एमालेको संसदीय समिति र केन्द्रीय समितिको बैठक पटक पटक बालुवाटार बसेको छ । फाल्गुन २३ को केही बैठकमा ओली निकट सदस्य र सांसदहरु मात्र सहभागी भएपनि पछिल्ला दिन नेपालका बिश्वासपात्रहरु पनि खुरुखुरु वालुवाटार पुगेपछि नेपाललाई झनै संकट थपियो । 

त्यसमाथि पनि महासचिब ईश्वर पोखरेलले स्पष्टिकरण सोधपछि झनै क्रुद्ध नेपालले अध्यक्ष ओली माथी नै स्पष्टिकरण शैलीमा पत्र पठाएपछि कुनैपनि बेला उहाँमाथी कारबाहीको तरबार बज्रने निश्चित जस्तै देखिएको छ । 

चैत्र १३ गतेको केन्द्रीय समितिको बैठकमा नेता नेपाल र भीम रावल बाहेक सबै नेता पुगेपछि बिस्तारै बालुवाटारको आत्माबल झनै बलियो बनेको छ । त्यसमाथी पनि अध्यक्ष ओलले कुनै गुट वा समूहगत हैसियत नरहने भन्दै ब्यक्तिगत गुनासो भए आफु सम्बोधन गर्न तयार रहेको तर गुटगत कुनै कुरालाई नसुन्ने जनाइसक्नु भएको छ । 

एकपटक मन लागि नलागी एमाले मुख्यालय धुम्बाराहीमा केही सहकर्मीहरुसँग पुगेर ओलीसँग सम्बाद गरेझैं गरे पनि उहाँको मन बढी प्रचण्डतिर नै रहेको छ । यस बिचमा नेपाल र दाहालबीच लगभग दैनिक जस्तो सञ्चारमाध्यामले थाहा पाउने गरेर नै छलफल गर्नुभएको छ । 

तर एउटै घरका सहयात्रीहरुसंग भने उहाँको सम्बाद टुटेको छ । आफुपक्षका नेताहरुको छलफलमा पनि केही नेताले उहाँलाई अध्यक्ष ओलीसंग वान टु वाट वान वार्ता गरेर निकास खोज्न सुझाब दिएपनि त्यो कुराप्रति नेपालले सकारात्मक प्रतिक्रिया दिनुभएको छैन । 

नेपाल निकट एक नेताका अनुसार ओली र नेपालको सम्बन्ध खासै सुध्रिने कुनै संकेत देखिएको छैन । कुनै पनि हालतमा ओलीको अपमान सहेर पार्टीमा नफर्किने भन्दै नेपालले तल्ला तहसम्म आफुपक्षका नेता तथा कार्यकर्ताको मनोदशा बुझन ब्यस्त हुनुहुन्छ । 

पार्टीलाई समानान्तर रुपमा सञ्चालन गर्ने, सबै जनबर्गीय संगठनहरुको आफू पक्षका मात्र राखेर पूर्नगठन गर्ने, आफुपक्ष जिल्ला अध्यक्ष रहेको स्थाानमा कार्यसमिति पूनर्गठन गर्ने, बहुमत नपुग्ने जिल्लामा समानान्तर समिति सञ्चालन गर्ने निष्कर्षमा नेपाल पुग्नुभएको छ । 

जेठसम्म कुनै न कुनै रुपमा नेकपा एमालेमा नै रहने र यदि अध्यक्ष ओलीले कारबाही गरे ओलीले पार्टी फुटाए भन्दै त्यसलाई लिएर कार्यकर्तामाझ जाने तयारीमा नेपाल हुनुहुन्छ । 

अन्यथा जेष्ठ ३ गते मदन आश्रित स्मृति दिवस पारेर नयाँ पार्टी पनि दर्ता गरेर नयाँ बाटो पनि लिने कि भन्ने बारेमा पनि नेपाल समूहमा छलफल भैरहेको छ । तर नेपालको यो योजनामा उहाँलाई साथ दिँदै आएका कमै मात्र नेताले साथ दिने सम्भाबना रहेको छ । 

जसको प्रयासस्वरुप बिभिन्न जनबर्गीय संगठनहरुको एक पक्षीय राष्ट्रिय भेला भैरहेका छन् ।  यदि जेठ ३ गते नयाँ निर्णयमा जाने अबस्था आए तयार रहने र त्यसपछि बाममोर्चाका रुपमा अघि बढ्न पहल कदमी दिने र केही समयपछि माओबादी केन्द्रसँग पार्टी एकिकरण गर्ने तयारीमा रहेको पनि उहाँ निकट एक नेताले जानकारी दिनुभयो । 

माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि माधब नेपालजीहरु सकेसम्म एमाले कब्जा गरेर फेरि एकता गर्न आउनु हुन्छ नभए पनि बिद्रोह गरेर आउनु हुन्छ भन्दै पटक पटक अभिब्यक्ति दिदै आउनु भएको छ ।  

नेपाल र दहालको कुरा मिलिरहेको अबस्था र ओलीसँग झनै टाढिएको अबस्थामा उहाँले शनिबार प्रचण्डको छेवैमा बसेर भन्नुभयो ‘आज म अप्ठेरो महसुस गर्दैछु त्यही पार्टीमा मलाई फेरि सर्वोच्च अदालतले घोक्र्याएर पठाइदिएको छ ।

सर्वोच्च अदालतले विचित्रको फैसला गरेको छ । हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौं । तर बिडम्बना भन्न पनि कस्तो गाह्रो छ भन्दा यो पार्टी भित्रको कुरा फेरि डबलीमा आएर भन्यो माधव नेपालले भनेर अर्को आरोप लाग्ला र त्यसपछि कुन दिन मलाई घोक्र्याएर त्यहाँबाट पनि निकाल्दिने स्थिति बन्ला । 

स्थिति यस्तो छ कि अब उहाँलाई बालुवाटार जान मनले नमाने पनि पेरिसडाँडा जाने उहाँको इच्छा त छ नै । त्यो उहाँको निवास कोटेश्वरबाट धेरै टाढा पनि छैन । लाग्छ, यसैले दुरी नछोटिएला कि भन्न पनि सकिँदैन ।   

एउटा चर्चित गीत छ– अब यो बाटो मेरो हो कि यो म यो बाटोको । सायद माधव नेपालको हालत पनि यतिखेर त्यस्तै जस्तै देखिन्छ । अब यो बाटो उहाँको हो या उहाँ नै यो बाटोको हो, छुट्याउन मुस्किल छ । अनि कुन बाटो जाने हो, त्यो खुट्याउन पनि मुस्किल छ ।