२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण

रोमाञ्चक खेलमा भारतद्वारा इङ्ल्यान्ड पराजित, भारतले शृंखला जित्यो

रोमाञ्चक खेलमा भारतद्वारा इङ्ल्यान्ड पराजित, भारतले शृंखला जित्यो
अ अ+ अ-

पुनेः भारतले तेस्रो एक दिवसीय क्रिकेट खेलमा इङ्ल्यान्डलाई ७ रनले पराजित गरेको छ । आइतबारको दिवारात्रि खेलमा भारतले प्रस्तुत गरेको ३३० रनको विशाल लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३२२ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरसम्म खेल कस्ले जित्ला भन्ने अनुमान गर्न कठिन भएको यस खेलमा रोमाञ्चकता इङ्ल्यान्डका युवा खेलाडी साम कुरानले ल्याएका थिए । उनी व्यक्तिगत ९५ रन बनाएर अविजित रहे ।

धेरै वटा क्याच छाडेर निराश देखिएको भारतलाई साम कुरानले हतोत्साही बनाएका थिए । अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको अवस्थामा भारतीय युवा बलर नटराजनले उत्कृष्ट बलिङ गरेर इङ्ल्यान्डलाई ७ रन मात्र दिएपछि भारत विजयी भयो ।

यो जितसँगै भारतले तीन खेलको एक दिवसीय शृंखला २–१ ले जितेको छ । पहिलो खेल भारतले जितेको थियो भने दोस्रो खेल इङ्ल्यान्डले जितेको थियो ।

भारतमा यी दुई टिमबीच भएका तीनै फर्म्याट अर्थात एक दिवसीय, टेस्ट र टी२० मा भारतले शृंखला जितेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले ४८.२ ओभरमा सबै विकेट गुमाएर ३२९ रन बनाएको थियो ।  भारतका लागि रिषभ पन्तले सर्वाधिक ७८, शिखर धवनले ६७, हार्दिक पान्ड्याले ६४ रन बनाएका थिए । कप्तान विराट कोहली भने ७ रनमै आउट भएका थिए ।

जवाफमा ब्याटिङ गरेको इङल्यान्डका लागि साम कुरानको ९५ रनको अलावा डेविड मलानले ५०, लियाम लिभिङ्स्टनले ३६, बेन स्टोक्सले ३५ रनको योगदान गरेका थिए । नियमित अन्तरालमा इङ्ल्यान्डका ब्याट्सम्यानहरु आउट भएपछि खेल भारतले सहजै जित्ने अनुमान गरिएको थियो । AFP

#England_India_Cricket