९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

झा दम्पती हत्या प्रकरण: बाकसभित्र दाउरामा मट्टितेल हालेर शव जलाइयो



अ+ अ-

काठमाडौं । मुसाफिर दम्पतीको शव बिहीबार बोराभित्र हालेर खाल्डोमा गाडेको अवस्थामा फेला परेको थियो । शव भेटाउन प्रहरीलाई महिना दिन लागेको थियो । गत फागुन १० गते रातिको खाना खाएर मुसाफिर झा र उनी श्रीमती गीता देवी अलग–अलगत कोठामा आराम गर्दै थिए । उनका बुहारी अंशु र उषा पनि छोराछोरी लिएर आफ्नो कोठामा गइन् । त्यहीबेला अपराधी गिरोहले ओछ्यानमै वृद्ध झा दम्पतीको धारिलो हतियारले हत्या गरे ।

ओछ्यानसहित झा दम्पतीको शव बाकसमा लुकाएर बेपत्ता पारे । टिनको बाकसभित्र दाउरामा मट्टितेल हालेर जलाए । तर, शव जलेन । त्यसपछि बोरामा हालेर गाउँ नजिकै खाल्टो खेर शब पुरियो ।शव कुहाउन नुन हाले । मुसाफिर दम्पतीको घटना लुकाउन अपराधीले महिना दिनसम्म प्रयास गरे । तर, उनीहरुको पोल प्रहरी खोल्न सफल भएको छ ।

कैलाशको घर पछाडि मृतक झा दम्पतीको घरबाट हराएको कपडा, बेड आधा जलेको अवस्थामा फेला परेको छ । हत्या गरेर केही समय टिनको बाकसमा शव राखेर लुकाइएको थियो । पछि शवलाई शवलाई जलाउन खोजेको देखिन्छ । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।