९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनका क्रियाशील सदस्यताको विवरण अत्याधुनिक प्रविधिको प्रयोग गरेर तयार पारिँदै



अ+ अ-

काठमाडौं । नेपाली काँंग्रेसले आगामी भदौमा हुने १४औँ महाधिवेशनका क्रियाशील सदस्यताको विवरण अत्याधुनिक प्रविधिको प्रयोग गरेर तयार पारिरहेको छ । ६९ जिल्लामा ३२१ जना कम्प्युटर अपरेटरबाट विवरण अद्यावधिक गर्न कार्य भइरहेको छ । सातवटै प्रदेश, ७७ जिल्ला, ७५३ स्थानीय तह र हाल कायम छ हजार ६४३ वडामा नै क्रियाशील सदस्यताको वितरण तयार गरिने छ । यसले जातीय, लिङ्गीय हरेक हिसाबले अभिलेख तयार गरिनेछ । तयार पारिएको विवरणबाट एक मिनेटमा कुनै जिल्लाको कुनै वडामा के–कति काँग्रेसका क्रियाशील सदस्य छन् भन्ने हेर्न सकिनेछ ।

पार्टीका उपसभापति विमलेन्द्र निधिले काँग्रेसले क्रियाशील सदस्यताको विवरण आधुनिक प्रविधिको प्रयोग गरेर अद्यावधि गरिरहेको बताए । संविधान सभाबाट संविधान जारी भएपछि नयाँ संविधान र राजनीतिक दलसम्बन्धी ऐनले तोकेअनुसारको समावेशी अवधारणाअनुसार पार्टीको विधान तयार गरेको जानकारी पनि उनले दिए ।

देशका ६९ जिल्लामा क्रियाशील सदस्यताको विवरण अद्यावधिक गर्न ३२१ जना व्यक्ति एकै पटक काम गरिरहेका छन् । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले यसरी आधुनिक प्रविधिको प्रयोग गरेर अभिलेख राख्ने काँग्रेस पहिलो दल भएको दाबी गरे । गोरखापत्र दैनिकमा समाचार छ ।