• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

चिसोले सीमा प्रहरी चौकीका सुरक्षाकर्मी सदरमुकाम झरे



फाईल फोटो

मुगु । केही दिनयता मुगुमा चिसो बढ्दै गएको छ । हिमपात पनि सुरु भएको छ । चिसो बढेपछि जिल्ला प्रहरी कार्यालयले मुगुम कार्मारोङ्ग गाउँपालिका–२ मुगु गाउँमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सदरमुकाम झरेका छन् ।

अत्यधिक जाडो बढेपछि प्रहरी सहायक निरीक्षक नेतृत्वको ११ जनाको टोलीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । यही मङ्सिर १५ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले चौकीमा तैनाथ सुरक्षाकर्मीलाई सदरमुकाम झार्ने निर्णय गरेको हो । उनीहरुलाई आगामी वैशाखसम्मका लागि जिल्ला बोलाइएको हो ।

गर्मी याम सुरु भएपछि प्रहरी टोलीलाई पुन: सीमा प्रहरी चौकी पठाइने प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।  मुगुम कार्मारोङ्ग–२ मुगु गाउँका सबै बासिन्दा जाडो छल्न बेँसी झरेका छन् । रासस