११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग

देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग
अ अ+ अ-

डुम्रे । तनहुँको देवघाट गाउँपालिका–१, २, ३ र ४ मा उत्पादित सुन्तलाको प्रभाव काठमाडौँ महानगरपालिकासम्म परेको छ । आइतबार ‘गाउँमा करोडौँको सुन्तला, बजार पुर्‍याउन गाह्रो’ शीर्षकमा समाचार प्रकाशित भएपछि कामपाले देवघाटका किसानलाई बजार र अनुदानको व्यवस्था गर्ने विषयमा छलफल सुरु गरेको हो ।

काठमाडौँलाई मुख्य बजार बनाएर देवघाटमा उत्पादित सुन्तला बिक्री वितरणका लागि बजार व्यवस्थापन, किसानले सिधै अनुदान पाउने व्यवस्थालगायत विषय महानगरको बैठकमा छलफल गरिने कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देवघाटबाट सुन्तला आयात गर्दा विचौलियाले खाने कमिसन रोक्नुपर्छ । यसका लागि नगरप्रमुखसँग छलफलमा छौँ । बोर्ड बैठकबाट निर्णय गराएर प्रक्रियामा जाने गरी अगाडि बढेका छौँ ।”

अधिकारीले भृकुटीमण्डपमा बजारको व्यवस्था गर्ने विषयमा छलफल गरिने जानकारी दिनुभयो । विचौलियाबिना किसानका सुन्तला काठमाडौँ आउनुपर्ने उहाँको भनाइ थियो । “देवघाटमा उत्पादित सुन्तलामा प्रतिकेजी रु पाँच गाउँपालिकामार्फत किसानलाई अनुदान उपलब्ध गराउने गरी प्रक्रिया अगाडि बढाउन छलफलमा जुट्ने तयारी गरिरहेका छौँ”, अधिकारीले भन्नुभयो । प्राङ्गारिक सुन्तला काठमाडौँवासीले उपभोग गर्न पाउने वातावरण बन्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले प्रकाशित समाचार पढेपछि फोनमार्फत कामपाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले यहाँ उत्पादित सुन्तलालाई बजार र अनुदानको व्यवस्था गर्ने विषय बोर्ड बैठकमा छलफल गरिने जानकारी दिनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “समाचारले गाउँपालिकाको मुख्य उत्पादनलाई प्रोत्साहन मिलेको छ । महानगरले छलफलमा लगेकाले यहाँका किसानसँगै सबै खुसी भएका छौँ । हामीले यस क्षेत्रको बाटो सहज बनाउने पहलमा लागिरहेका छौँ ।”

तनहुँको कर्णालीका रुपमा देवघाटका ग्रामीण भेगलाई चिनिन्छ । यस स्थान सुन्तला उत्पादनको पकेट क्षेत्र हो । यहाँ उत्पादित करोडौँको सुन्तला बजारसम्म पुर्‍याउन बाटोका कारण सकस हुने गरेको छ । यहाँको मुख्य उत्पादन नै सुन्तला रहेको स्थानीय बताउँछन् ।

पालिकाका विभिन्न वडामा यस वर्ष करोडौँको सुन्तला उत्पादन भएको अध्यक्ष थापाले जानकारी दिनुभयो । सुन्तला उत्पादनका लागि यहाँको हावापानी र माटो राम्रो भएकाले देवघाट नेपालमै प्रख्यात मानिएको उहाँको भनाइ थियो ।

यहाँका ग्रामीण क्षेत्र, सडक तथा पुलको अभाव, भरियामार्फत ढुवानी गर्नुपर्नेलगायत कारणले बजारसम्म पुर्‍याउन समस्या हुने गरेको थापाले जानकारी दिनुभयो । यहाँ उत्पादित सुन्तला सिधै काठमाडौँको कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा लगिन्छ । त्यहाँ देवघाटको सुन्तला नेपालकै उत्कृष्ट मान्दै कारोबार हुने कृषकको भनाइ छ ।

देवघाट–३ छापश्वरा लुम्रिङका किसान कर्णसिंह राना लामो समयदेखि सुन्तला खेती गर्दै आउनुभएको छ । उहाँले यहाँ उत्पादन राम्रो भए पनि बजारसम्म पुर्‍याउन बाटो र पुलको अभाव, भरियामार्फत ढुवानी गर्दा बढी खर्च लाग्नेलगायत कारणले बजारीकरणमा समस्या हुने गरेको बताउनुभयो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष एवं सुन्तला कृषक भीमबहादुर रानाले किसानलाई सहयोग पुग्ने गरी महानगरले गरेको सूचना पाउँदा खुसी लागेको बताउनुभयो । उहाँका अनुसार समाचारले यहाँका किसानलाई हौसला दिनुका साथै बजारीकरणमा सहयोग पुग्ने विषयले हर्षित बनाएको छ ।

अहिले सुन्तला पुर्‍याउन नाल्दी र गाईघाटमा पुल नहुँदा यहाँका किसानले कोटा, बैदी हुँदै साराङघाटको मोटरेवल पुलको बाटो प्रयोग गरी दमौली हुँदै काठमाडौँ पठाउने गरेका किसान बताउँछन् ।

सिधा सडक सञ्जाल विस्तार नभएकाले यसरी घुमाउरो बाटो प्रयोग गर्दा किसानले दोब्बर भाडा तिर्नु परेको किसान नवराजले बताउनुभयो । “केही किसानले मुग्लिङ–नारयणगढ सडकको गाईघाटसम्म जिपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गर्दछन्”, उहाँले भन्नुभयो, “छापस्वारा दगराका कृषकले ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा लगेर त्यहाँबाट दमौली हुँदै काठमाडौँ लैजाने गरेका छन् ।”

यहाँ उत्पादित सुन्तलाका साथै अदुवा, केरा तथा अन्य फलफूल तुइनबाट नै राजमार्गसम्म लगेर बजारसम्म पुर्‍याउने गरिएको नवराजले सुनाउनुभयो । साथै बाख्रा, कुखुरा तथा अन्य पशुपक्षीको लागि दाना चोकर पनि तुइनबाटै ल्याउने गरिएको उहाँले जानकारी दिनुभयो ।

उत्पादित सुन्तलालगायत खाद्यान्न ल्याउन तथा लैजान मुख्य ढुवानीको माध्यम भनेको घुमाउरो बाटो र तुइन मात्रै भएको किसान बताउँछन् । ढुवानी समस्याकै कारण करोडौँको सुन्तला बजारसम्म पुर्‍याउन सास्ती हुने गरेको सुन्तला कृषक रानाले बताउनुभयो ।

देवघाटका वडा नं १, २, ३ र ४ का विभिन्न भाग सुन्तला उत्पादनको पकेट क्षेत्र हुन् । विगतमा यहाँका किसानले बारीबाटै डोकोमा बोकेर नारायणगढलाई बजार क्षेत्र बनाएका थिए । नदीमाथि पुल नहुँदा राजमार्गसम्म किसानको सिधै पहुँच पुगेको छैन । पहुँच अभावका कारण यहाँका किसानले विचौलियाका माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाडौँसम्म बजार विस्तार गर्न बाध्य छन् । सडक सञ्चाल विस्तारसँगै पुल र बाटो नहुँदा यहाँका स्थानीयले उचित फल भने पाउन सकेका छैनन् ।  रासस