१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगनको प्रश्न: काँग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका घटना किन ?



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरु कुशासनका कारण आक्रान्त भएको बताउनुभएको छ ।

आईतवार नेपाली काँग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उहाँले आजको दिनमा कुशासनबाट नागरिकहरु वाक्कदिक्क भएको बताउनु भयो । उहाँले एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दु:खद् भएको बताउनु भयो । उहाँले काँग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका यति धेरै घटना किन भइरहेको छन् ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आजको दिनमा कुशासन, एउटा नागरिकलाई र्‍यान्डम्ली गएर कसैले भेट्यो भने नागरिक सबैभन्दा बढी आजित केही कुराले भएको छ भने कुशासनले भएका छन् । एउटा काण्ड सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ । केही समयअघिसम्म एउटा काण्ड जताततै थियो । सुन काण्ड थियो, नक्कली भूटानी शरणार्थी प्रकरण थियो । अब एनसेल काण्ड आयो । अब यो केही दिन यही चल्छ । यो सेलाउन पाएको छैन, अर्को आउँछ । यो काण्ड कुशासनसँग जोडिएको छ । कुशासन की नियतसँग जोडिएको छ की अयोग्यतासँग जोडिएको छ । शासन हामीले गरिरहेका छौँ । सुशासन हाम्रो वाचा मात्रै होइन, त्यसकै निम्ति जन्मिएको पार्टी हो । त्यसैले हामी सरकारमा भएको बेला, हाम्रो नियन्त्रणमा राजनीति भएको बेलामा, हामी सबैभन्दा प्रभावशाली भएको बेलामा, हामीले भनेको बाटोमा देश हिँडिरहेको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेको छन् । यति धेरै काण्डहरु किन भइरहेको छन् ? जरामा के छ ? समस्या कहाँनेर छ ? के कारणले गर्दा आएको छ ? मलाई लाग्छ नेपाल पुकारले त्यसको जरामा पुग्नुपर्छ ।’

महामन्त्री थापाले काँग्रेस समुन्नतिको पक्षमा अघि बढ्नुपर्ने बताउनु भयो ।