• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

बैंकहरू मिटरब्याजी जस्तो हुनु हुँदैन: अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका बैंकहरू मिटरब्याजी जस्तो हुन नहुने बताउनुभएको छ ।

आईतवार झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले बैंकले निर्मम साहु, मिटरब्याजी तरिकाले नभएर विकासको लागि सहयोगी र अनकुल संस्थाको रुपमा काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बैंकहरुले जुन शर्तमा व्यवसायीहरुलाई ऋण दिएको हो त्यो शर्त पालना गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बैंक र ऋणहरुबीच ब्याजदर लगायतका विषयमा शर्त पालना नभएर दुवैपक्षबीचको सहमतिमा ब्याजदर घटबढ गर्नुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय बैंक र ऋणीहरुबीचको सहमतिमा ब्याजदर घटबढ गर्ने नियमावलीमा लेखिएको भएपनि घट्ने हुँदै नहुने तर बढ्ने मात्रै भइरहेको टिप्पणी गर्नुभयो । उहाँले बैंकले एकलौटी ब्याज बढाउन नपाउने व्यवस्था गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले बैंकहरुले कर्जाको ब्याजदरलाई सिंगल डिजिटमा ल्याउर्नु पर्ने बताउनु भयो ।

उहाँले अफ्ठ्यारोमा परेका व्यवसायीहरुलाई केही समयको लागि म्याद थप गरेर उद्यम व्यवसायहरू सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले बैंकहरुले व्यवसायीको व्यवसाय डुब्न लाग्यो भने साहेयता गरेर त्यसलाई थप ऋण दिएर उठाउने र आफ्नो ऋण लिने अवस्था सिर्जना गर्नुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले अफ्ठ्यारोमा परेको बेला ऋणीहरुको गज्जबको जग्गा रहेछ भन्दै लिलामीमा राख्ने तरिका उपयुक्त नभएको बताउनु भयो। उहाँले निक्षेपकर्ताहरू र ऋण लिएर बैंक चलाइदिनेहरू नै बैंकका आधार भएको बताउनु भयो। उहाँले बैंकमा ऋण लिनेहरू फालाफाल भएकाले अहिले बैंकहरूले ऋण लिनेहरूको महत्व बुझ्न नसकेको बताउनु भयो। उहाँले ऋण लिनेहरुले नै बैंकहरु चलाइदिने, ब्याज तिरिदिने पैसा गतिशील बनाइदिने भएको भन्दै बैंक र ऋणीहरुको सम्बन्ध तनावको रुपमा नभएर सुमधुर हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘बैंकहरुबाट जुन शर्तमा ऋण दिएको छ त्यो शर्त पालना हुनुपर्छ । कुनै कारणवस त्यो शर्त पालना हुनै नसक्ने अवस्था आयो भने दुई पक्षको सहमतिपछि मात्रै बैठकले घटबढ गर्नेछ भन्ने लेख्या हुन्छ । तर, घट् भन्ने त लेख्या मात्रै हो कहिल्यै हुँदै हुँदैन । बढमात्रै हुने हो । त्यो बढ एकलौटी बढ्न नपाउने व्यवस्था हुनुपर्छ । अहिलेको अवस्थामा रहेको ऋणको ब्याजलाई सिंगल डिजिटमा ल्याउनुपर्छ । रिस्टक्चरिङ गर्नुपर्छ । अलिकति म्याद थप गरेर उद्यम व्यवसायहरू अपm्ठ्यारोमा परेको बेलामा सहयोग गर्नुपर्छ । कहिले कहिले व्यवसाय डुब्न लाग्यो भने साहेयता गरेर त्यसलाई थप ऋण दिएर उठाउने र आफ्नो ऋण लिने गर्नुपर्छ । अफ्ठ्यारोमा पर्‍यो भनेदेखि धकलदियो भने यो गज्जबको जग्गा रहेछ लिलामीमा गयो भने यो कम्पनीले किन्छ,यस्तो मान्छेले किन्छ,महँगोमा बेच्न सकिन्छ लिलाम गरिहाल्यौं भन्ने खालको भन्ने तरिका उपयुक्त हुँदैन ।’

‘बैंकले निर्मम साहुजी होइन, मिटरब्याजी तरिका होइन बैंकले विकासको लागि सहयोगी र अनकुल संस्थाको रुपमा काम गर्नुपर्छ । बैंकले के बुझ्नुपर्छ भने डिपोजिट कर्ताहरू र ऋण लिएर बैंक चलाइदिनेहरू नै बैंकका आधार हुन् । लोन लिए न बैंक चल्छ पैसा थुपारेर बैंकले के गर्छ ? डिपोजिट गर्नेहरुको ब्याज कसरी फिर्ता गर्छ। त्यसकारण अहिले ऋण लिनेहरू फालाफाल भएको हुनाले अहिले बैंकहरूले ऋण लिनेहरूको महत्व बुझेका छैनन् । ऋण लिनेले नै हो बैंकहरु चलाइदिने, ब्याज तिरिदिने पैसा गतिशील बनाइदिने त्यसकारण यो सम्बन्ध तनावको रुपमा होइन सुमधुर सम्बन्धनको रुपमा बनाउनुपर्छ । आइएलओको सिद्धान्तको रुपमा विकास गर्नुपर्छ । सरकार लगानकर्ता रोजगारदाता र मजदुरहरुबीचको सांवादबाट आइएलओको सिद्धान्तले सहमति निकाल्छ । त्यो हामीले गरेका पनि छौं ।’

अध्यक्ष ओलीले वर्तमान सरकारले सर्वभम सत्ताको सम्मान गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले आफू प्रधानमन्त्री भएको बेला बनाएको पोखरा विमानस्थलमा वर्तमान सरकारले उडान भर्न नसकेको भन्दै आपत्ति जनाउनु भयो। उहाँले पोखरा विमानस्थलबाट जहाज उडान गर्न सरकारलाई कसले रोक्यो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले पोखरा मात्रै नभएर भैरहवा विमानस्थलमा समेत वर्तमान सरकारले जहाज उडाउन नसकेको बताउनु भयो । उहाँले चिनियाँ ठेकेदारले विमानस्थल बनायो भन्दैमा उडान गर्न नदिने विषयलाई सरकारले मान्ने काम राम्रो नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ हामीले हाम्रो सर्वभौम सत्ता हामी सर्वभम देश हौं । सार्वभौम सत्ताको आफैले सम्मान गर्न सकेनौं अरु कसले गरिदिने ? हाम्रो स्वाधिनता र स्वतन्त्रताको आफैँले सम्मान गर्न सकेनौं र त्यसमा आफैँ उभिन चाहेनौं भने कसले उभिने ? हामीले पोखरामा विमानस्थल बनायौं । यो अहिलेको लुते सरकारले किन प्लेन उडाउँदैन त्यहाँबाट ? नउडाएको किन ? मेरो आपत्ति यो हो । हामीले भैरहवामा विमानस्थल बनायौं । किन उडाउँदैन । चिनियाँ ठेकेदार कम्पनीले सस्तोमा ठेक्का पार्‍यो उसले निर्माण गर्‍यो त्यसकारण हुन दिन्न । उडान भर्न दिन्न कसैले भन्छ भने त्यो कुरा नेपालले मान्ने ? जसले सस्तोमा बनाई दिन्छ त्यसैलाई बनाउन दिनुपर्छ । जसले सस्तोमा सामान दिन्छ त्यसैको सामान किन्नुपर्छ । जसले हाम्रो सामान महँगोमा किन्छ त्यसैलाई हाम्रो सामान बेच्नुपर्छ । हाम्रो शान्ति,न्याय र समानता केन्द्रित परराष्ट्र नीति छ । हाम्रो असंग्लन,तटस्थ कतैतिर नलाग्ने,कसैको कर दबाबमा नपर्ने न्यायमा जल्ने हाम्रो परराष्ट्र नीति त्यही हो । हामीले भनेका छौं हाम्रा कोही शत्रु छैनन् । सबै मित्र मात्रै छैनन् । कोही पनि मित्रहरुले मित्र जस्तै व्यवहार गर्नुपर्छ । त्यसका लागि हाम्रो सरकारले कुरा वा वार्ता गर्नुपर्छ । बोल्नै नसक्ने भयो भनेर हिजो पनि भनेको थिए ।’

अध्यक्ष ओलीले नेपाल विकासको फड्को मार्न चाहेकाले जसले सस्तोमा बनाइ दिन्छ उसैलाई बनाउन दिनुपर्ने बताउनु भयो। उहाँले जसले सस्तोमा सामान दिन्छ उसको किन्ने र महँगोमा जसले हाम्रो सामान किन्छ उसैलाई सामान बेच्नुपर्ने बताउनु भयो ।