६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.42

Wind: 2.06

Humidity: 64

Latest
‘राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ’ काँग्रेस र एमालेबीचको सम्बन्धमा कुनै समस्या छैनः गृहमन्त्री चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता: ‘शेइयान२७’ उपग्रह प्रक्षेपण वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह बुटवलमा एक युवतीमाथि गोली प्रहार छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक रामकुमारी झाँक्रीको आक्रोस– ‘अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो’ राप्रपाका महामन्त्री धवलशमशेर जबरा रिहा हुँदै शिक्षक मागबारे सरकारलाई दबाब दिन कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले गरायो सभापति देउवाको ध्यानाकर्षण विश्वकपमा पुग्न नेपालले आज अफगानिस्तानसँग निर्णायक खेल खेल्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यलाभपछि गृहमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ ।

बाँसबारीस्थित सहिद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहनुभएका मन्त्री श्रेष्ठ स्वास्थ्यलाभपछि डिस्चार्ज हुनुभएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी गराउनुभएको छ ।

यही मङ्सिर १९ गते केन्द्रमा भर्ना उहाँको मुटुको एन्जियोप्लास्ट गरिएको थियो । मन्त्री श्रेष्ठको उपचारमा केन्द्रका चिकित्सक डा अरुण मास्केसहितको चिकित्सकको टोलीले उपचार गरेको थियो । मन्त्री श्रेष्ठलाई स्वास्थ्य लाभको कामना गर्न अस्पतालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत पुग्नुभएको थियो । रासस