११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

१० वर्षमुनीका बालबालिकाले ‘चित्रा’ सित्तैमा हेर्न पाउने, नाम मिलेमा ३ वटा टिकट नि:शुल्क

१० वर्षमुनीका बालबालिकाले ‘चित्रा’ सित्तैमा हेर्न पाउने, नाम मिलेमा ३ वटा टिकट नि:शुल्क
अ अ+ अ-

काठमाडौँ । पुस २७ गते रिलिज हुने घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ले १० वर्षमुनिका बालबालिकाले यो फिल्म सित्तैमा हेर्न पाउने घोषणा गरेको छ।

फिल्ममा डेब्यू अभिनेता सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेक्षा खड्का,मेनुका प्रधान, सिम्रन खड्का,अन्जना बराइली,प्रकाश घिमिरे तथा बालकलाकार आयुशी ढकालको प्रमूख भूमिका रहेको छ।

फिल्मले बाबुछोरीको मार्मिक कथा पेस गर्ने भएकाले निर्माण पक्षले यस्तो घोषणा गरेको हो। टिकट १० वर्ष मुनिका बालबालिका लागि नि:शूल्क भएपनि अभिभावकका लागि भने शुल्क लाग्ने छ।

यो सँगै ‘चित्रा’ नाम नाम भएकी बालिकाले सोको प्रमाण पेस गरेमा ३ वटा टिकट निशुल्क पाउने घोषणा फिल्मका कार्यकारी निर्माता सन्तोष अधिकारीले जानकारी दिए।

उनले यो घोषणा व्यापारिक रणनीतिका लागि मात्र नभई आफ्नो फिल्म धेरै भन्दा धेरै दर्शकहरुले हेरुन् भन्ने उदेश्यसँगै नेपाली बालबालिकाहरुलाई सानैदेखि नेपाली फिल्म हेर्नुपर्छ र साँच्चै राम्रा नेपाली फिल्मको कमी छैन भन्ने सन्देशका लागि गरेको बताए।

‘यसले नेपाली फिल्मको प्रवर्धनमा सहयोग पुग्ने मेरो विश्वास छ। यसका साथै यसले प्रस्तुत गरेको कथा पारिवारिक छ र आमाबाबु तथा सन्तानले यसलाई एकसाथ हेर्नुहोस् भन्ने चाहनाले यस्तो घोषणा गरेको हुँ’, उनले भने,’म आफू पनि एक सन्तानका पिता भएकाले यस्तो गरेको हुँ।’

‘चित्रा’लाई आशिष थापा मगरले निर्माण गरेका हुन्। फिल्ममा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको छ भने संगीतकार राजनराज शिवाकोटी हुन्।

महेश पौडेलले छायाँकन गरेको फिल्ममा बनिश शाह र सन्देश शाहको संयूक्त सम्पादन रहेको छ। फिल्ममा पार्श्व संगीत शैलेश श्रेष्ठको छ।

सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मलाई केदार पराजुलीको श्री कृष्ण फिल्म्सले वितरण गर्नेछ।

यस्तै फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन्।