१६ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामा भरूवा बन्दुकको छर्रा लागेर मृत्यु



symbolic picture
अ+ अ-

काठमाडौँ । पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल गाङसिङडाँडाका ४८ वर्षीय डम्मरबहादुर सारुको आफैँले बोकेको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ ।

फापर खान बारीमा आएका दुम्सीलाई मार्न जाने क्रममा चिप्लिएर लडी आफैँले बोकेको बन्दुक पड्केर छर्रा लागेको थियो । गएराति छर्रा लागेर घाइते भएका सारुको रामपुर अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रकाशित दैनिक समाचार बुलेटिनमा जनाइएको छ ।

इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले निस्दि–४ सपाङ्दीगैरास्थित खरबारीको अम्रिसो घारीमा एकनाले भरुवा बन्दुक एक थान र झोला बरामद गरेको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रासस